नेभिगेसन मेनु

टाल्न थालियो काठमाडौंका मुख्य सडकका खाल्डाखुल्डी
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-09-03 13:39

sadak2023-09-03-10-39-39

काठमाडौं महानगरभित्र रहेका मुख्य सडकखण्डका खाल्डा टाल्न थालिएको छ । सडक डिभिजन काठमाडौंले आफ्नो जिम्मेवारीमा रहेका महानगरभित्रका सडकखण्डका खाल्डा टाल्न थालेको हो । 

सडकका खाल्डामा प्याच गरी मर्मत गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायण निहुरेले जानकारी दिए । उनका अनुसार मुख्य–मुख्य सडक क्षेत्रका खाल्डाखुल्डी टालिएको छ भने भित्री सडकको बाँकी छ । ‘बर्सातका वेला पानीमा काम गर्न मिल्दैन, नगरी नहुने कामहरू मात्रै भइरहेका छन्,’ उनले भने, ‘भित्री सडक, करिडोर र मेलम्चीले खनेका सडक हाम्रो जिम्मेवारीभित्र पर्दैन, हाम्रो जिम्मामा रहेका सडकहरूको अवस्था त्यस्तो बेहाल छैन ।’ उनले वर्षाका कारण कालोपत्रे र खाल्डाखुल्डी समेत टाल्न नमिल्ने भएका कारण केही सडकहरू अव्यवस्थित भएको बताए । तर, मुख्य–मुख्य सडकका खाल्डाखुल्डी पुर्ने कार्य भने पानी परे पनि जारी रहने उनको भनाइ छ । 

यी स्थानमा खाल्डा पुरियो 

सिंहदरबारको बाहिरी सडक, रत्नपार्क, चाबहिल, भद्रकाली, नक्साल, बालुवाटार, कमलादी, नागपोखरी, तिनकुने, सिनामंगल, एयरपोर्ट, कालीमाटी, कुलेश्वर, माइतीघर, त्रिपुरेश्वर, जमल, सहिदगेट, अनामनगर, लैनचौर ठमेललगायत क्षेत्रका सडकमा अस्थायी किसिमले खाल्डा पुरिएको डिभिजनले जनाएको छ । पछिल्लो जेठयता उपत्यकाका अधिकांश सडकका खाल्डाखुल्डी टाल्न छाडिएको थियो । यही अवधिमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् तार भूमिगत गर्दा सडक भत्काएर अस्तव्यस्त पारेको छ । प्राधिकरणले भक्तपुर, ललितपुर र काठमाडौंमा केही सडक खनेर तार भूमिगतको कार्य गर्दा पिच नै नगरी छाड्ने गरेको छ । जसका कारण सडकमा अत्यधिक खाल्डाखुल्डी छन् र सर्वसाधारणले सास्ती पाइरहेका छन् । 

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले असारअघिसम्म उपत्यकाका सडक व्यवस्थित भए पनि त्यसयता भने खाल्डाखुल्डी नटाल्दा अव्यवस्थित भएको बताए । उनले सडकका खाल्डा टाल्ने जिम्मा विभागसँगै महानगर र विद्युत् प्राधिकरणको पनि रहेको बताए । ‘बर्खाका वेला खाल्डा टाल्न नहुने भन्ने पनि होइन, यसको मुख्य कारण लगातार पानी पर्नु र हामीसँग बजेट नहुनु हो,’ उनले भने, ‘हामीले मुख्य सडक मर्मत गर्ने हो । करिडोर सडक र भित्री सडक हाम्रो जिम्मेवारीभित्र पर्दैन ।’

उपत्यकाका अधिकांश मुख्य सडकमा पछिल्लो समय खाल्डाखुल्डी छन् । सबैभन्दा धेरै खाल्डाखुल्डी भएको त्रिपुरेश्वर–कलंकी सडकखण्ड भर्खरै टालिएको छ । 

यी सडकमा खाल्डाखुल्डी कायमै

भक्तपुर सल्लाघारी–कमलविनायक, कोटेश्वर–सल्लाघारी, सूर्यविनायक जगाती, जगाती– च्यामासिंह, ललितपुरको मंगलबजार–ग्वार्को, कुमारीपाटी–जावलाखेल, सातदोबाटो–हरिसिद्धि, चापागाउँ दोबाटो–चापागाउँ, काठमाडाैंको थापागाउँ–अनामनगर, पुरानो बानेश्वर–मैतीदेवी, रातोपुल, बागमती करिडोर, विष्णुमती करिडोर, धोबीखोला करिडोर, चुच्चेपाटी–महाँकाललगायत सडकमा खाल्डाखुल्डी छन् । त्यस्तै, करिडोर तथा सहायक सडकमा पनि सबैतिर खाल्डैखाल्डा छन् । बागमती करिडोर, विष्णुमती करिडोर, धोबीखोला करिडोरलगायत सडकखण्ड अहिले हिलाम्य, धुलाम्य र खाल्डाखुल्डीका कारण जोखिमयुक्त छन् । बागमती करिडोरको सिनामंगल पुलमुनि ढलान गरेर अझै सकिएको छैन । तिनकुनेस्थित पुलमुनि ढलान गरे पनि भिएस निकेतन कलेज हुँदै ललितपुरतर्फ जाने करिडोर सडकमा सबैतिर खाल्डैखाल्डा छन् । 

बिजुली बजार पुलमुनि सडक खोलिएन

धोबीखोला करिडोरअन्तर्गत बिजुली बजार पुलमुनि करिडोर सडक अझै खोलिएको छैन भने त्यहाँ फोहोर बोक्ने गाडी राख्दा दुर्गन्धसमेत फैलिएको छ । एक वर्षअघि कालोपत्रे गरिएको उक्त सडक नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्न ६ महिनाअघि नै भत्काएको थियो । तर, तार भूमिगत गर्ने कार्य सकिए पनि खाल्डाखुल्डी पुरिएको छैन । बर्सातका कारण खाल्डामा पानी जम्ने, सवारीसाधनसमेत फसेर दुर्घटना हुनेलगायत समस्या देखिने गरेका छन् । धोबीखोला करिडोरअन्तर्गतका अन्य क्षेत्र पनि अस्तव्यस्त छन् । चाबहिलदेखि बिजुली बजारसम्म खाल्डाखुल्डीका कारण सडक अस्तव्यस्त र हिलाम्य बनेको छ । त्यस्तै, ललितपुरतर्फ विष्णुमती करिडोर क्षेत्रका सडकमा पनि खाल्डाखुल्डी छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर