नेभिगेसन मेनु

गोरखामा लटरम्मै ‘चुमनुब्री स्याउ’
सम्पादक:南亚网络电视
लेखक: अन्नपूर्ण
समय:2023-08-29 13:45

Chum-Nubri-Apple-3_d7tv1FFuKy

गोरखा : घरायसी प्रयोजनका लागि मात्र स्याउ रोपिने उत्तरी गोरखामा यतिबेला व्यवसायिक स्याउ लटरम्म छ। चुमनुब्री गाउँपालिका ४ नामरुङको बगैंचामा १२ हजार पाँचसय बोट र चुमनुब्री २ ल्होको बगैंचामा पाँच हजार बोटमा स्याउ फलेको व्यवसायीहरुले बताएका छन्।

आफ्नो बगैँचाको गोल्डेन डेलिसियस, गाला, क्वीन रेड डेलिसियस, रेड डेलिसियस र फुजी जातका स्याउ टिप्ने बेला हुन लागेको व्यवसायी लाक्पा डुण्डुप लामाले बताए। उनका अनुसार सो स्याउका विरुवा गण्डकी प्रदेश सरकारको ७० प्रतशित अनुदान सहयोगमा इटलीबाट ल्याएर रोपिएको हो।

अहिले स्थानीय माग आपूर्तिका लागि मात्र केही स्याउ टिप्ने काम भइरहेको उनले बताए। अबको केही दिनमा काठमाडौंको बजारका लागि स्याउ टिप्ने काम सुरु हुने लामाले बताए। 

‘अब केही दिनमै बगैँचाका सबै स्याउ टिप्ने काम सुरु हुन्छ। मोटर बाटो छैन। टिपेको स्याउ सबै कोल्डस्टोरमा राख्छौँ’, उनले भने, ‘जब मनास्लु हिमाल चढ्नका लागि आरोहीहरु हेलिकप्टरमा आउँछन्। त्यही हेलिकोप्टरमा स्याउ हालेर पठाउँछौँ।’ 

nullस्थानीय बजारमा अहिले खुद्रामूल्य प्रतिकेजी रु ३५० रुपैयाँ र होलसेलमा २५० रुपैयाँमा बेचिरहेको उनले बताए।  मोटरबाटो नभएका कारण महंगो भाडा तिरेर हेलीबाट स्याउ ढुवानी गर्न बाध्य भएको उनले बताए। ‘हेलिकोप्टरबाट ढुवानी गर्नु रहर होइन, बाध्यता हो’, उनी भन्छन्, ‘यसरी ढुवानी गर्दा खर्च बढ्छ। उपभोक्ताले पनि केही बढि मूल्य तिर्नुपर्छ, हामी व्यवसायीलाई पनि मुनाफा केही कम हुन्छ।’ हेलीको साँटो मोटरबाट ढुवानी गर्न पाएको भए उत्तरी गोरखाको स्याउ सस्तोमा बेच्न सकिने उनले बताए। 

लाक्पा डुण्डुप लामाले आफ्नो बगैँचाको स्याउलाई ‘चुमनुब्री स्याउ’ नामाकरण गरेका छन्। सामुद्रिक सतहबाट २७ सय मिटर उचाइमा फलेको ‘चुमनुब्री स्याउ’ अत्यन्तै रसिलो र स्वादिलो रहेको उनले बताए। उनले भने ‘यसलाई मैले चुमनुब्री स्याउ भनेर ब्राण्डिङ गरेको छु। कुनै विषादी र रासयनिक मल प्रयोग गरेको छैन। स्याउ शुद्ध र अर्गानिक छ।’

पूर्ण अर्गानिक भएकाले मूल्य पनि बजारका अरु स्याउको तुलनामा केही बढी नै रहेको उनको भनाइ छ। स्थानीय स्तरमा उत्पादित स्याउबाट वाइन, जुस, रक्सी, केक, जेली, जाम गरी १० प्रकारको खाद्यपदार्थ बनाउने गरिएको उनले बताए। चुमनुब्रीमा रहेको आफ्नै होटलमा सिजनका बेलामा स्याउबाट बनेको केक र वाइनको राम्रो व्यापार हुने गरेको उनले बताए। गोरखाको हिमाली क्षेत्रमा फलेको अर्गानिक स्याउलाई सरकारले नै ब्राण्डिङ गरेर बजारको व्यवस्थापन गरिदिनुपर्ने उनले बताए। ठूला सहरसम्म सहज रुपमा पुर्‍याउन सकिएमा बजारको कुनै चिन्ता नभएको पनि उनले बताए। 

यहाँ उत्पादन भएको स्याउ गोरखा बजार, चितवन, काठमाडौँ लैजाने गरिएको छ। अघिल्लो वर्ष ३० हजार केजी स्याउ बिक्री गरेको उनले बताए। गतवर्ष भाटभटेनी सुपरमार्केमा मात्रै प्रतिकेजीको ४९० रुपैयाँको दरले छ हजार केजी स्याउ बिक्री गरिएको उनले बताए।  अघिल्लो वर्ष भन्दा यो वर्ष धेरै फल्ने अनुमान गरिएको र अब टिप्ने सिजन सुरु भएको उनले बताए। 

लकडाउनपछि स्याउका विरुवा रोपी व्यवसायिक रुपमा स्याउ खेती तर्फलागेको उनले बताए। उनले स्याउ उत्पादन गरेर बेच्न थालेको यो तेस्रो वर्ष हो। चुमनुब्री ब्राण्डको स्याउलाई विधिवत रुपमा अर्गानिक प्रमाणीकरण गरेर विदेश निर्यात गर्ने लक्ष्य रहेको उनले बताए। नेपालमा भारत, चाइना, जापान, अमेरिका, स्विटजल्याण्ड लगायका देशबाट महंगो दररेटमा स्याउ ल्याउने गरेको बताउँदै उनले स्याउ आयातलाई कम गर्न सरकारी स्तरबाट पनि सहयोग हुनुपर्ने बताए।

nullत्यस्तै, चुमनुब्री गाउँपालिका २ ल्होका स्याउ व्यवसायी छिरिङ लामाको बगैँचामा पनि अहिले स्याउ टिप्ने सिजन सुरु भएको छ। २८ मिटर उचाइमा रहेको ४० रोपनी क्षेत्रफलमा उनको स्याउ बगैँचा फैलिएको छ। उनको बगैँचामा पाँच हजार स्याउको बोट रोपिएको छ। अबको दुई हप्तापछि स्याउ टिप्ने काम सुरु हुने उनले बताए। उनले व्यवसायिक रुपम स्याउ उत्पादन गरेको यो पहिलो वर्ष हो। 

अहिले एउटा बोटमा तीनदेखि चार केजीसम्म फलेको उनले बताए। २८ सय मिटर उचाइमा फलेको स्याउ मनास्लु आउने पर्यटक र स्थानीयरुपमा नै खपत गने योजना बनाएको छ। फार्म उत्पादन भएको स्याउको प्रतिकेजी २५० देखि ३५० सम्ममा पाइने उनको भनाइ छ। अब दुई हप्तापछि स्याउ टिप्ने सिजन सुरु हुने र सबै स्याउ कोल्ड स्टोरमा राखिने उनले बताए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर