नेभिगेसन मेनु

पहिरोको जोखिममा प्रसारण लाइनको टावर
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-23 12:04

Untitled-1 (4)

म्याग्दी, भदौ ६ गते । कालिगण्डकी कोरिडोर अन्तर्गतको दाना–खुर्कोट प्रसारण लाइनको टावर पहिरोको उच्च जोखिममा परेको छ । २२० केभिए क्षमताको दाना–खुर्कोट प्रसारण लाइन अन्तर्गतको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित फगाम गाउँको गम्फु भन्ने स्थानमा  निर्माण गरिएको टावर पहिरोको जोखिममा परेको हो । 

प्रसारण लाइनको टावर देखि तल गुइठेको भिरमा ठूलो पहिरो खसेका कारण टावर उच्च जोखिममा परेको दानाका वडाध्यक्ष रमेश पुर्जाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘बेनी–जोमसोम कोरला सडक देखि सुरु भएको पहिरो टावर रहेको भागसम्म पहिरो पुगिसकेको छ, उच्च जोखिममा परेको टावरका बारेमा  सम्बन्धित निकायमा जानकारी गराइसकेका छौं ।’’ सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि संरक्षणका लागि कुनै पहल नभएको उहाँले गुनासो गर्नुभयो । 

कमजोर भूगोलमा टावर नराख्न यसअघि स्थानीयले दिएको सुझावलाई बेवास्ता गर्दा अहिले टावर पहिरोको उच्च जोखिममा परेको  दानाका स्थानीयबासी इन्द्रसिंह शेरचनले बताउनुभयो । टावर देखि तल पहिरो खस्न थालेपछि दानाका स्थानीयबासीहरु पनि त्रसित बनेका छन् । 

पहिरोका कारण प्रसारण लाइनको टावर ढलेमा सम्भावित दुर्घटनाका कारण स्थानीयहरु त्रसित भएको शेरचनले बताउनुभयो । बेनी–जोमसोम सडक देखि  टावर करिब सातसय मिटर माथि छ ।  टावरको तल पहिरोको रोकथामका लागि स्थानीयहरुले त्रिपाल हालेर जमिनलाई ढाकेका छन् । टावरको वरपरको जमिन चिराचिरा परेको छ । 

टावरको तल्लो भागमा रहेका दुइटा  खुट्टाको बेश पहिरोले तानिसकेको र माथितिर पनि जमिन धाजा धाजा फाटेकाले टावर उच्च जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिवा पुनले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘यसलाई छिटो भन्दा छिटो स्थानान्तरण गर्ने या यही उपयुक्त विधिबाट सुरक्षित गर्ने काम नभए पहिरोले टावर ढल्दा हुने भू–क्षय, विद्युतीय दुर्घटना, कालिगण्डकी थुनिएर हुने भयाबह अवस्था आदी बिकराल स्थिती र मानवीय,आर्थिक,भौतिक क्षतिहरूको सामना गर्नुपर्नेछ ।’’ टावरको सुरक्षाका लागि सम्बन्धित  निकायले तत्काल संरक्षणको काम गर्नुपर्ने उहाँले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर