तराईमा पुनः चर्को घाम लाग्न थालेपछि नवलपुर कावासोती –७ तरुवाका बालबालिकाहरु गर्मी छल्न खोला, तालमा पौडी खेल्नमा व्यस्त हुन थालेका छन् । पहिलो त्रैमासिक परीक्षा दिएर स्कुल बिदा भएपछि बालबालिकाहरु फुर्सदिला भएकाले घाम छल्ने उपायमा लागेको बताएका छन् ।
तालमा पौडी खेलेर गर्मी कटाउनुपरेको बालबालिकाको भनाइ छ । कावासोतीमा आजको तापक्रम ३० डिग्रि सेल्सियस छ । एक दुई दिनदेखि पानी पर्न छाडेपछि यहाँको तापक्रम अझै बढ्ने देखिएको छ ।