नेभिगेसन मेनु

फेवातालमा ड्र्यागन बोट रेस समाप्त, सिचुवान ड्र्यागन बोट “ह्वासिन टिम” लाइ पहिलो उपाधि
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-06-24 19:08

IMG_5480

पुरस्कार बितरण पश्चात् बिजेतासङ्ग सामुहिक तस्बिर खिचाउनु हुँदै नेपालका लागि चिनियाँ राजदुत महामहिम छन सोङ र पोखराका मेयर धनराज आचार्य ज्यु। तस्बिर-एस ए टि भि

पोखरा । पोखरामा भएको नेपाल–चीन फ्रेन्डसिप ड्राइगन बोट रेस फेस्टिभल २०२३ मा ह्वासिन सिमेन्ट्द्वारा प्रायोजित चीनको सिचुवान ड्र्यागन बोट टिम पहिलो भएको छ । शुक्रबार र शनिबार पोखराको फेवातालमा भएको फेस्टिभलमा नेपालको नारा नेपाल दोस्रो भएको हो । 

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा भएको फेस्टिभलमा चीनको चार र नेपाली चार गरी आठ टोलीबीच प्रतिस्पर्धा भएको थियो । बोट रेस दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको हो ।

IMG_5134

नेपालको २ टिम र चिनियाँ २ टिम बीच उपाधीका लागि अन्तिम प्रतिस्पर्धा भएको हो। नेपालकोतर्फ बाट प्रतिस्पर्धामा सहभागी ४ टिम मध्ये ‘नारा ड्रागन बोट टीम’ र ‘एनआरसीए ड्रागन बोट टीम’ले अन्तिम ४ मा स्थान पाएको थियो।

IMG_5183

पहिलो हुन सफल सिचुवान ड्र्यागन बोटलाइ नगद पुरस्कार रु १२ लाख र दोस्रो हुन सफल नारा नेपाललाई नगद रु ८ लाख सहित मेडल र प्रमाण पत्र सहित पुरस्कृत गरिएको छ। तेस्रो स्थानमा चित्त बुजाउन बाध्य भएको युन्नानले भने नगद रु ५ लाख हात पारेको हो भने सहभागी अन्य टिमलाइ पनि नगद रु १ लाख बितरण गरिएको छ।

IMG_5332

रेस हेर्न पाल्नु भएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालकालागी चिनियाँ राजदुत महामहिम छन सोङको सक्रियतामा सम्पन्न भएको यस महोत्सवमा आयोजक लाई धन्यवाद दिनु हुँदै पोखरालाइ केन्द्र बिन्दु बनाउदै यो खेललाइ तिलिचो, रारा लगायत अन्य पर्यटकिय क्षेत्रमा समेत पुर्याउनलाइ योजना बनाउनमा जोड दिनु पर्ने बताउनु भएको छ।

पोखराका मेयर धनराज आचार्यले रेसको समाप्ती कार्यक्रममा बोल्नु हुदै "पोखरामा अन्तर्राष्ट्रिय उडानलाइ सामान्य लिइएको छ तर आप्रवासन पास गरि पोखरामै अन अराइभल भिजा दिनु भनेको सानो कुरा भने होइन, तसर्थ म नेपालका लागि चिनियाँ राजदुत, चिनियाँ राजदुतावास अनि सिचुवान एरलाइन्सलाइ धन्यवाद दिन चाहान्छु र साथै यस ड्र्यागन बोट खेललाई नेपालमा पनि बिकाश गर्दै नेपाली टोलिलाइ ओलम्पिकमा समाबेश गर्ने हाम्रो योजना सार्बजनिक गर्न चाहान्छु" भन्नू भएको छ।

WeChat截图_20230624170005

"ड्र्यागन बोट १५ दिन पहिला मात्र नेपाल ल्याइएको थियो र ७ दिन अघि मात्र हामीलाई प्रशिक्षणका लागी दिइएको थियो । यस बिच कयौं बाधा कठिनाइ आएता पनि कडा अनुशासनमा बसिदिएर दोस्रो उपादी जित्न सफल हुनु भएकोमा म हाम्रो खेलाडिलाइ बधाइ तथा धन्यवाद ज्ञापन गर्न चाहान्छु साथै कुनै आरोप प्रत्यारोप नगरी प्रदेश सरकार र नेपाल सरकारलाई आगामी दिनहरुमा खेलाडिको प्रशिक्षण र पोसणका निमित्त उचित मात्रामा सहयोग पुर्याइदिनु हुन आग्रह गर्न चाहान्छु।" नेपाली टिम नारा नेपालका प्रशिक्षक निम बहादुर मगरले एस ए टि भि सङको अन्तर्वार्तामा बताउनु भएको छ।

WeChat截图_20230624165840

सर्वप्रथम त म दक्षिण एसियामै पहिलो पटक नेपालमा ड्र्यागन बोट रेस आयोजना गरिदिनु भएकोमा सम्पुर्ण आयोजकलाइ धन्यवाद भन्न चाहान्छु र कम अनुभव र थोरै प्रशिक्षणमा पनि नेपाली टिमले दोस्रो स्थान हासिल गर्न सक्छ भने दैनिक रुपमा यस खेलको प्रशिक्षण हुने हो भने हामीले नेपाललाइ अझै ठूलो प्लेट्फर्ममा प्रतिनिधित्व गर्न सक्ने कुरामा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु।" नारा नेपालका खेलाडी बिष्णु गुरुङले गुनासो पोखेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर