नेभिगेसन मेनु

राजदुत छन सोङ्गद्वारा प्रतियोगिताको स्थलगत भ्रमण
सम्पादक:南亚网络电视
लेखक:बिशाल श्रेष्ठ
समय:2023-06-20 18:19

IMG_3298

चिनियाँ अधिकारिलाइ तयारिको सुझाव दिनुहुदै राजदुत महामहिम छन सोङ । तस्बिर- एस ए टि भि

असार ५ गते मङ्गलबार, नेपालका लागि जनवादी गणतन्त्र चिनका राजदुत महामहिम छन सोङ्ले फेवातालमा यहि असार ८ र ९ गते हुन गइरहेको नेपाल चीन मैत्रीपुर्ण ड्रायगन बोट रेस फेस्टिबल तयारीमा स्थलगत भ्रमण गर्नु भएको छ। राजदुतसङ्गै चिनियाँ दूतावासका महासचिब वाङ सिनले पनि तयारी कार्यको निरीक्षण गर्नु भएको हो। निरीक्षणमा चिनियाँ अधिकारीहरुले प्रारम्भिक तयारी बारे जानकारी लिनु भएको छ।

फेस्टिबलको लागी अब जम्मा ३ दिन बाकी रहदा पोखराको रमणीय वातावरण झनै रंगिन बन्दै गएको छ। आउदो शुक्रवार र शनिवार पोखराको फेवातालमा हुन लागेको ड्र्यागन बोट रेसमा सहभागी हुने ८ मध्य ६ वटा समुहले फेवातालमा अभ्यास गरिरहेका छन। रेस उद्घाटन समारोहको लागि स्टेजको निर्माण कार्य पनि भइरहेको छ। साथै त्यसै बेला हुने भनिएको खाद्यान्न प्रदर्शनी महोत्सवका लागि पनि स्टल निर्माण भइरहेको छ।

रेसको साथै वि च्याट पे र सिचुवान एरलाइन्सले भर्न लागेको पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको पहिलो अन्तर्राष्ट्रिय उडानमा पनि तयारी भइरहेको छ।

फोटो फिचर्स

IMG_3258

IMG_3274

IMG_3282

IMG_3288

IMG_3300

 


#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर