नेपाल-चीन मैत्रीपुर्ण ड्र्यागन बोट रेसका लागि दोस्रो पत्रकार सम्मेलन पोखरामा सम्पन्न भएको छ । तस्बिर-विशाल श्रेष्ठ/ एस ए टि भि
नेपालस्थित चिनियाँ दूतावासको,नेपाल पर्यटन बोर्ड र पोखरा नगरपालिकाको पहलमा पोखराको फेवातालमा हुन लागेको ड्र्यागन बोट रेस बारे जानकारी गराउन पोखरास्थित पर्यटन बोर्ड्को कार्यलयमा दोस्रो पत्रकार सम्मेलनको आयोजना गरिएको छ। पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषदका अध्यक्ष पुम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका प्रमुख धनञ्जय रेग्मी, चिनियाँ दूतावासका उप महासचिव वाङ सिन, पोखरा महानगरका प्रवत्ता मोतीलाल तिमल्सिना लगायत सञ्चारकर्मिहरूको बाक्लो उपस्थिती रहेको थियो।
८० वटा भन्दा बढी देश र क्षेत्रहरूमा आयोजना भइसकेको यो खेल यस वर्ष देखि एसियाली खेलकुदमा पनि समावेश गरिएको छ जसले विश्वभर नेपालको भिजिबिलिटी बढाउने अपेक्षा गरिएको छ । तस्बिर-विशाल श्रेष्ठ/ एस ए टि भि
पोखरा पर्यटन परिषद र नेपाल ओभरसिज चिनियाँ एसोसिएसन अफ पोखरा कार्यक्रमको सह आयोजनामा हुन् लागेको कार्यक्रममा होटल एसोसिएसन अफ नेपाल (हान), नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा), नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ एसोसिएसन (एनआरसीए), चाइनिज इन्टरप्राइजेज एसोसिएसन इन नेपाल लगायत संघसंस्थाले प्रायोजन गरेको प्रतियोगितामा ह्वासिन सिमेन्ट, होङ्शी सिमेन्ट, सिचुवान एयरलाइन्स, हुवावे, कान्तिपुर ग्रुप हसुस, चैदरी ग्रुपद्वारा प्रायोजित गरिएको हो भने एन एम बि बैँकले पनी समर्धक र सहायकको रूपमा सहभागिता जनाएका छन्। नेपाल पर्यटन बोर्ड, जनवादी गणतन्त्र चीनको राजदूतावास र पोखरा महानगरपालिकाबीच मे ४, २०२३ मा भएको सम्झौताबाट कार्यक्रमलाई औपचारिकता दिइएको हो।
मन्तब्य पेश गर्नुहुदै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी।तस्बिर-विशाल श्रेष्ठ/ एस ए टि भि
“ड्रागन बोट रेस फेस्टिभलको अवसरमा पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान शुरु गरेकोमा चिनियाँ दूतावासलाई धन्यवाद दिन चाहन्छु साथै पोखरा र नेपालको पर्यटन उत्पादनमा विविधता ल्याउने यस कार्यक्रमलाई वार्षिक पर्यटन उत्पादनका रूपमा समेत सञ्चालन गर्ने तयारी भैइरहेको छ।” नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले आफ्नो मन्तव्यमा भन्नुभयो ।
मन्तब्य राख्नुहुँदै नेपालस्थित चिनियाँ दूतावासका उप महासचिव वाङ सिन।तस्बिर-विशाल श्रेष्ठ/ एस ए टि भि
यस कार्यक्रमले दुई देशका जनताबीचको आपसी समझदारीलाई थप प्रगाढ बनाउनेछ, चीन–नेपाल मैत्री ड्र्यागन बोट रेसको आयोजनाले ड्रागन बोटको संस्कृतिलाई धेरै भन्दा धेरै मानिसहरूले बुझ्न सक्नेछ जसले गर्दा संस्कृतिको विरासत र प्रवर्द्धनका साथै चीन र नेपालबीचको मित्रता र आदानप्रदानलाई अभिवृद्धि गर्न सकिने विश्वास लिएको नेपालस्थित चिनियाँ दूतावासका उप महासचिव वाङ सिननले बताउनु भयो ।
चोङ्च तयारिको लागि आवश्यक खाद्यान्न।तस्बिर-विशाल श्रेष्ठ/ एस ए टि भि
कार्यक्रममा ड्र्यागन बोटको गहिरो सास्कृतिक पृष्ठभुमिलाई द्रर्साउने भिडियो देखाइएको थियो भने कार्यक्रमलाइ अजै रोचक बनाउन चिनियाँ पक्षले चोङ्च बनाउने प्रकृयाको प्रदर्शन गरेको थियो। साथै नेपालका अतिथिलाइ पनि चोङ्च बनाउने प्रक्रियामा सामेल हुन आमन्तृत गरेको थियो। पोखरा र नेपालका साथै दक्षिण एसियामा पनि आफ्नो किसिमको पहिलो प्रतियोगितालाइ, दुई देशबीचको जनसम्बन्धलाई अझ प्रगाढ बनाउन र नेपालमा चीनीयाँ पर्यटन प्रवद्र्धनमा सांस्कृतिक आदान प्रदान मार्फत सद्भाव र न्यानोपनलाई अगाडि बढाउन केन्द्रित गरिएको आयोजकको भनाइ छ।
कार्यक्रमको अन्त्यमा सामुहिक तस्बिर खिचाउनु हुँदै उपस्थित अतिथिजनहरू।तस्बिर-विशाल श्रेष्ठ/ एस ए टि भि
प्रतियोगिताका लागि चीनबाटै आठ ओटा विशेष बोट, अन्य आवश्यक सामग्री तथा प्रशिक्षणकाे लागि आउने सहभागीहरू पोखरा आई प्रतियोगिताको अभ्यास जारी राखिएको छ। यो प्रतियगितामा नेपालका सात वटै प्रदेश र चीन गरी १२० जना प्रतियोगीहरू सहभागी हुनेछन्। कार्यक्रम हाइलाइट्समा, नेपाल-चीनबाट फेवातालमा २०० मिटर र ५०० मिटर दौडमा ८ टोलीको सहभागिता रहने छ र त्यसपछि दुवै देशका सांस्कृतिक प्रस्तुति र खाद्य प्रदर्शनी समावेश गरिएको छ।