नेभिगेसन मेनु

तानसेनमा २९० जनाले रोजगार पाउने
सम्पादक:南亚网络电视
समय:2023-05-27 12:41

asdg

तानसेन नगरपालिकाको आयोजनामा वृत्ति विकास तथा रोजगार मेला सम्पन्न भएको छ । रोजगार मेलाबाट २९० जनाले रोजगार पाउने भएका छन् भने शुक्रवार तीन जनाले रोजगारी पाएसँगे नियुक्त समेत लिए । 

ज्ञान र सीप भएर पनि काम नगरी बसेका नगरवासीलाई मध्यनजर गर्दै नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला आयोजना गरेको हो । रोजगार मेलाका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री वीरबहादुर रानाले रोजगारीका लागि सीप सिक्न चाहेका र सीप सिकिसकेका व्यक्तिहरूले रोजगारी प्राप्त गर्न मेलाले सहयोग पुग्ने बताउनुभयो । उहाँले, ‘किशोरावस्थाका युवा घरपरिवार छाडेर विभिन्न मुलुक जाने गरेको, भए पनि उनीहरू खुसी हुन नसकेको बताउँदै  स्वदेशमै रोजगारी दिन र आत्मनिर्भर बन्नलाई नगरपालिकाले योजना अघि सारेकोमा धन्यवाद व्यक्त गर्नुभयो  ।’

आफ्नो सीप र दक्षताअनुसारको रोजगारी प्रदान गर्न, रोजगारीका लागि आवश्यक सीप सिक्न तथा आफ्ना लागि आफैले रोजगारी सिर्जना गरी व्यवसाय सुरु गर्न नगरपालिकाले वृत्ति तथा रोजगार मेला आयोजना गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । तानसेनको शिक्षा तथा सामाजिक विकास समितिका संयोजक तथा मेला व्यवस्थापन उपसमितिका संयोजक प्रदीप खनालले स्वागत मन्तव्य राख्दै ‘यस मेलाले पढ्दै गरेका विद्यार्थी तथा युवा लक्षित गरी उनीहरूलाई समयमै रोजगारी प्रदान गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको जानकारी दिनुभयो ।

मेलामा सीप सिक्ने तरिका, सिकाइका माध्यम, रोजगारी प्राप्त हुने स्थानहरू बारे जानकारीमूलक स्टलहरू राखिएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर