नेभिगेसन मेनु

पर्वतको कुश्माबजारको भण्डारी टोलमै घरभित्र पस्यो चितुवा
सम्पादक:南亚网络电视
समय:2023-03-22 12:53

chituwa-parbat1_RV5QAKJmoY

पर्वत सदरमुकाम कुश्मा बजारको भण्डारी टोलमा चितुवाको आतंक मच्चिएको छ । बुधबार बिहानै बस्तीमा छिरेको चितुवा स्थानीयको घरभित्र पसेपछि आतंक मच्चिएको हो । नेपाली कांग्रेस पार्टी कार्यालय अघिको तरकारी टनेलभित्र देखिएको चितुवा नजिकै रहेको ओमबहादुर रेग्मीको घरमा पसेको छ ।

null

अहिले उक्त ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । डिभिजन वन कार्यालय,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले चितुवा नियन्त्रणको प्रयास गरिरहेको छ । घरभित्र चितुवा पसेपछि घरमा रहेका रेग्मीका परिवार तथा चितुवा हेर्न आएका छिमेकीहरूसमेत सबैजना कोठाभित्र ढोका थुनेर बसिरहेका छन् । 

चितुवा नियन्त्रणका लागि पोखराबाट विज्ञको  टोली बोलाइएको र उनीहरु आएपछि नियन्त्रणमा लिइने डिभिजन वन अधिकृत विष्णु अधिकारीले जानाकारी दिए । चितुवाले वन अधिकृत अधिकारीलाई समेत आक्रमण गरेको छ। उनको घुँडामा सामान्य चोट लागेको छ । 

अहिले बजारबासीको चितुवा हेर्नका लागि भीड लागेको छ ।  चितुवा पसेको घर वरपरका बासिन्दाहरू त्रसित बनेका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर