नेभिगेसन मेनु

वराहक्षेत्र मन्दिरमा तीन लाखभन्दा बढी भक्तजनले गरे दर्शन
समय:2026-11-25 12:03

_वराहक्षेत्र-मन्दिरमा-तीन-लाखभन्दा-बढी-भक्तजनले-गरे-दर्शन-photo1

सुनसरीको वराहक्षेत्रस्थित प्रसिद्ध वराह भगवानको मन्दिरमा यस वर्षको कार्तिके मेलामा तीन लाखभन्दा बढी भक्तजनले दर्शन तथा कौशिकी स्नान गरेको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । हरिबोधिनी एकादशीदेखि सुरु भएको भक्तजनको आगमन आज (मंगलवार) पूर्णिमासम्म तीन लाखभन्दा बढी भक्तजनले दर्शन गरेको बताइएको छ । 

वराहक्षेत्र नगरपालिका १ स्थित वराह भगवानको मन्दिरमा मङ्सिर ४ गतेदेखि सुरु भएको पाँच दिने मेलामा नेपालका विभिन्न स्थानसँगै भारत र अन्य मुलुकबाट समेत ठुलो सङ्ख्यामा भक्तजन आएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार एकादशीदेखि नै भक्तजनको चहलपहल बढ्दै आएको थियो । 

पूर्णिमाको दिन सबैभन्दा बढी भीड लागेको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । “वराहक्षेत्रमा लाग्ने कार्तिके मेला कुनै औपचारिक निमन्त्रणा वा प्रचारका भरमा लाग्ने मेला नभइ वराह भगवानप्रतिको गहिरो आस्था र विश्वासका कारण भक्तजन आफैँ यहाँ आउने गर्छन् । यस वर्ष पनि तीन लाखदेखि चार लाखसम्म भक्तजनले दर्शन तथा कौशिकी स्नान गरेको अनुमान छ ।” अध्यक्ष श्रेष्ठले भन्नुभयो । 

____________________________________________________________________________________________________________________________________________________________photo3

उहाँका अनुसार कार्तिके मेलाको धार्मिक महत्त्व तुलसी विवाह र भगवान विष्णु योगनिद्राबाट जाग्ने धार्मिक मान्यतासँग पनि जोडिएको छ । यस अवसरमा भगवानको दर्शन तथा स्नान गर्नाले धार्मिक पुण्य प्राप्त हुने विश्वासका साथ टाढाटाढाबाट भक्तजन आउने गरेका छन ।   

वराहक्षेत्रमा सन्तान नभएका दम्पतीले सन्तान प्राप्तिको कामना गर्ने, नवविवाहित जोडीले नयाँ दुलहीलाई भगवानको दर्शन गराउने तथा नवजात शिशुलाई मन्दिरमा ल्याएर दर्शन गराउने पुरानो परम्परा रहेको उहाँले बताउनुभयो । यस्ता धार्मिक तथा सांस्कृतिक मान्यताले वराहक्षेत्रप्रति भक्तजनको आस्था पुस्तौँदेखि कायम राखेको उहाँको भनाइ छ ।

कार्तिके मेलामा विशेषगरी भारतको बिहार र पश्चिम बङ्गालबाट ठुलो सङ्ख्यामा भक्तजन आउने गरेका छन । भुटान, बर्मालगायतका मुलुकमा रहेका नेपाली मूलका हिन्दु धर्मावलम्बीसमेत वराह भगवानको दर्शनका लागि आउने गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । 

____________________________________________________________________________________________________________________________________________________________photo2

वराहक्षेत्रको धार्मिक महिमा नेपालमा मात्र सीमित नरही विभिन्न मुलुकका हिन्दु धर्मावलम्बीसम्म फैलिएको उहाँको भनाइ छ । पौराणिक मान्यताअनुसार वराह भगवान विष्णुका १० अवतारमध्ये तेस्रो अवतार मानिनुहुन्छ । हिन्दु धर्मशास्त्रमा पृथ्वीलाई जलमग्न अवस्थाबाट उद्धार गर्न भगवान विष्णुले वराह (बँदेल) को रूप धारण गरेको प्रसङ्ग उल्लेख छ । यही धार्मिक मान्यताका आधारमा वराहक्षेत्रलाई प्राचीन तथा महत्वपूर्ण तीर्थस्थलका रूपमा लिने गरिएको वराहक्षेत्र मन्दिरका मुल पुजारी किरण भण्डारीले बताउनुहुन्छ । 

मेलामा आउने भक्तजनको सहजताका लागि घाट, विद्युत, खानेपानी, स्वास्थ्य तथा सुरक्षाको व्यवस्था मिलाइएको गुठी व्यवस्थापन समितिले जनाएको छ । पूर्वीय प्राचीन संस्कृति र परम्परासँग जोडिएको वराहक्षेत्रमा हरेक वर्ष हरिबोधिनी एकादशीदेखि कार्तिक पूर्णिमासम्म कार्तिके मेला लाग्ने गरेको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी