नेभिगेसन मेनु

गुरु नानक जयन्तीको शुभकामना
समय:2026-11-24 12:53

Paudel

 राष्ट्रपति रामचन्द्र पौडेलले सिख धर्मावलम्बीको विशेष पर्व गुरु नानक जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सिख धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

गुरु नानक जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले सिख धर्मका प्रवर्तक गुरु नानकले समाजमा विद्यमान अन्धविश्वास, रूढिवादी परम्परा, जातीय विभेद र असमानता अन्त्य गर्दै समतामूलक, न्यायपूर्ण र सभ्य समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको उल्लेख गर्नुभएको छ ।

गुरु नानकले दिनुभएको सत्य, करुणा, परोपकार, सहिष्णुता र मानवसेवाको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी रहेको राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलले गुरु नानक जयन्तीले सबैलाई सत्य, न्याय र मानव कल्याणको मार्गमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ । यसै गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले गुरु नानक जयन्ती (प्रकाश पर्व), २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बी तथा सबै नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । “मानव इतिहासमा गुरु नानक देव धार्मिक अगुवा मात्र नभई सामाजिक चेतना, नैतिक जागरण र मानवीय एकताको अग्रदूतका रूपमा सम्मानित हुनुहुन्छ,” उपराष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ,  “उहाँले मानवतालाई केन्द्रमा राख्दै विविधताबिच एकता, परस्पर सम्मान, सत्यनिष्ठा, करुणा र सेवाभावको जीवनदर्शन अवलम्बन गर्न प्रेरणा दिनुभयो । उहाँका विचारहरूले मानव मर्यादा, सहिष्णुता र सहयोगका मूल्यहरूलाई सुदृढ बनाउँदै समतामूलक, सौहार्दपूर्ण र सहअस्तित्वमा आधारित समाज निर्माणको प्रेरणा प्रदान गर्दछन् ।”

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी