नेभिगेसन मेनु

पर्यटन बोर्डले सार्वजनिक गर्‍यो १ अर्ब ७० करोडको बजेट
सम्पादक:南亚网络电视
समय:2026-10-08 17:20


Nepal-Tourism-Board

 

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २२ गते । काठमाडौं । नेपालको सार्वजनिक–निजी साझेदारी संस्था नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेको छ । पर्यटन बोर्डले चालु आर्थिक वर्षका लागि १ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

बोर्डले सार्वजनिक गरेको यो बजेट गत आर्थिक वर्ष २०८२/८३ को तुलनामा २० करोड रुपैयाँभन्दा बढीको हो । बोर्डले गत वर्ष १ अर्ब ६० करोड रुपैयाँको बजेट ल्याएको थियो । बोर्डले गत आर्थिक वर्षमा ल्याएको बजेटको जम्मा ५६ प्रतिशत मात्रै खर्च भएको अनुमान गरेको छ । गत वर्ष विनियोजित बजेटमध्ये ८९ करोड ४७ लाख रुपैयाँ मात्रै खर्च भएको अनुमान गरेर बोर्डले चालु आवका लागि बजेट तयार पारेको हो ।

बोर्डले ल्याएको यो बजेटले पर्यटन प्रवर्धनलाई प्राथमिकता दिएको छ । बोर्डले कुल बजेटको ६६ प्रतिशत हिस्सा प्रवर्धन तथा कार्यक्रमका लागि विनियोजन गरेको छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा सूचना अधिकारी सन्तोष पन्तले गत वर्ष अन्तर्राष्ट्रिय प्रवर्धनमा गर्नुपर्ने खर्च तोकिएअनुसार हुन नसकेको बताए ।

‘सार्वजनिक खरिद ऐनअनुसार बोर्डले बनाएको कार्यविधिमा सहमति आउन ढिलाइ भएको थियो । बोर्डले बनाएको विदेशमा गरिने खरिद कार्यक्रमसम्बन्धी कार्यविधि चैतमा मात्रै स्वीकृत भएको थियो ।

कार्यविधि आउन ढिलो हुँदा विदेशमा गरिने ‘सेल्स मिसन’ प्रभावित हुन पुगेको र वैशाख तेस्रो सातादेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदसमेत रिक्त हुँदा बोर्डले अपेक्षाअनुसार खर्च गर्न नसकेको, जसको प्रभाव बजेटमा देखिएको पन्तले बताए।

बोर्डको बजेटको महत्त्वपूर्ण हिस्सा अन्तर्राष्ट्रिय प्रवर्धनमै खर्च हुने गरेको छ । बोर्डले अन्तर्राष्ट्रिय प्रवर्धनलाई प्राथमिकतामा राखेर बर्सेनि बजेट बनाउने गर्दछ । बोर्डको प्रमुख उद्देश्य नै पर्यटन प्रवर्धन गर्नु रहेकाले यो वर्ष पनि कुल बजेटको ६६ प्रतिशत रकम त्यसैका लागि विनियोजन गरिएको छ ।

पन्तका अनुसार बोर्ड सञ्चालक समितिमा सदस्यहरू नियुक्ति भएपछि मात्रै चालु आवका लागि बजेट बनाउनुपरेकाले यसपालि पनि ढिलाइ भएको हो ।

बोर्डमा सीईओ र सदस्यहरू नहुँदा बजेट आउन ढिलो भए पनि गत वर्ष नै खरिद कार्यविधि स्वीकृत भइसकेकाले अब भने प्रभावकारी रूपमा कार्यक्रमहरू सञ्चालन गर्न सकिने विश्वास उनले व्यक्त गरे ।

बोर्डको बजेटमा आम्दानीको सबैभन्दा ठूलो स्रोत पर्यटन सेवा शुल्क हो । यो शीर्षकबाट १ अर्ब १७ करोड रुपैयाँ आम्दानी हुने अनुमान छ । बोर्डले नेपाल भित्रिएका विदेशी नागरिक बाहिरिँदा भ्याटबाहेक १ हजार रुपैयाँ शुल्क लिने गर्दछ ।

पर्यटन प्रवर्धन र बजारीकरणका लागि संकलन गरिने यो शुल्क बोर्डको आम्दानीको प्रमुख स्रोत हो । यस्तो स्रोतबाट मात्रै बोर्डले कुल बजेटको ६९ प्रतिशत रकम संकलन गर्छ ।

त्यस्तै, बोर्डले पदयात्री पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीबाट ४ करोड ६६ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । नेपाल आएका विदेशी पदयात्रीले पदयात्रामा जाँदा अनिवार्य रूपमा टिम्स कार्ड लिनुपर्छ । यो कार्ड जारी गर्ने अधिकार पर्यटन बोर्डलाई मात्र छ ।

यसबाहेक बोर्डले सहभागिता योगदान, हलभाडा र ब्याज लगायतबाट पनि आम्दानी गर्ने गर्दछ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर