नेभिगेसन मेनु

महावाणिज्यदूतावासमा भृकुटीको प्रतिमा अनावरण
सम्पादक:南亚网络电视
समय:2026-04-29 12:31

 

 Anabaran

काठमाडौँ, वैशाख १६ गते । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा नेपाली राजकुमारी भृकुटीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । प्रतिमाको अनावरण हालै गरिएको हो ।

उक्त प्रतिमा महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको विशेष पहल र सक्रियतामा जेभी फाउण्डेसन नेपालको सौजन्यमा प्राप्त भएको हो । प्रतिमाको हस्तान्तरण यसअघि नै काठमाडौंमा जेभी फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष जगदीश बैद्यले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई गरेका थिए । अनावरण कार्यक्रममा ल्हासास्थित नेपाली समुदायको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रममा प्रतिमा उपलब्ध गराउने जेभी फाउण्डेशन नेपालका पदाधिकारी, प्रतिमा ल्हासासम्म ल्याउन र महावाणिज्यदूतावासमा स्थापना गर्न सहयोग गर्ने नेपाली दुःख निवारण कल्याण कोष लगायत सबै महानुभावलाई महावाणिज्यदूत निरौलाले प्रशंसापत्र प्रदान गर्नुभएको थियो । 

महावाणिज्यदूत निरौलाले प्रतिमा अनावरण गर्दै सातौं शताब्दीमा तात्कालीन तिब्बती राजा स्रङ्चङ् गम्पोसँग विवाह भएकी नेपाली राजकुमारी भृकुटीको नेपाल चीन सम्बन्ध स्थापना र सुदृढीकरणमा उल्लेखनीय योगदान रहेको, उहाँले चीनमा बौद्ध धर्म स्थापना र प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी, ल्हासाको योजनाबद्ध विकासमा पनि उहाँको योगदान रहेको र उहाँको प्रतिमा महावाणिज्यदूतावासमा स्थापना गरी अनावरण गर्न पाउनु खुशीको कुरा भएको बताउनुभयो ।

अनावरण कार्यक्रमलाई नेपाली दुःख निवारण कल्याण कोषका अध्यक्ष कुञ्जो धार्के नेपाली एवम् जेभी फाउण्डेसन नेपालका पदाधिकारीहरूले समेत सम्बोधन गर्नुभएको थियो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर