नेभिगेसन मेनु

घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2026-04-10 15:37

 

 dunga

काठमाडौँ, चैत २७ गते । घानाको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अझै २ जना बेपत्ता रहेका छन् । घाना समुद्री प्राधिकरणका अनुसार यो घटना भोल्टा ताल क्षेत्रमा बुधबार भएको हो ।

डुङ्गामा कुल १४ जना यात्रु रहेका थिए । यात्राको क्रममा अचानक आएको खराब मौसमका कारण डुङ्गा पल्टिएको बताइएको छ । घटनापछि तत्काल उद्धार तथा खोजी कार्य सुरु गरिएको थियो, जसमा ५ जना पुरुषलाई जीवित उद्धार गरिएको छ । तर अधिकारीहरूका अनुसार ९ जना डुबेको आशङ्का गरिएको छ । 

हालसम्म ७ वटा शव फेला परेका छन्, जसमा २ जना महिला र ५ जना बालबालिका रहेका छन् । घाना नौसेना र समुद्री प्राधिकरणका डाइभरहरूको टोलीले अझै बेपत्ता रहेका २ जनामा एक महिला र एक बालबालिकाको खोजी जारी राखेको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान पनि भइरहेको छ । रासस/सिन्ह्वा 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर