नेभिगेसन मेनु

इरानमा सरकार विरोधी प्रदर्शन : १ सय ९ सुरक्षाकर्मीको मृत्यु
सम्पादक:南亚网络电视
समय:2026-01-12 12:49

 

 ScreenShot_2026-01-12_103325_974

काठमाडौँ । इरानमा सरकार विरोधी प्रदर्शन चुलिँदा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । 

इरानको सरकारी सञ्चार माध्यमका अनुसार सुरक्षा बलका दर्जनौँको मृत्यु भएको छ । महँगी र आर्थिक सङ्कटको विरोधमा देशभर चलिरहेको हिंस्रक विरोध प्रदर्शनमा १ सय ९ जना सुरक्षाकर्मी मारिएको अर्धसरकारी समाचार संस्था तास्निमले समाचारमा लेखेको छ ।

इस्फहान प्रान्तमा मात्रै ३० जना प्रहरी र सुरक्षाकर्मी मारिएको सरकारी टिभीले आइतबार बताएको थियो । 

पश्चिम इरानको केर्मान्शाहमा पनि अन्य ६ जनाको मृत्यु भएको बताइएको छ । प्रदर्शनकारीमाथि दमन नरोकिए आक्रमण गर्ने चेतावनी अमेरिकाले दिइरहँदा यो खबर आएको हो । 

गोलेस्तान प्रान्तको राजधानी गोर्गनमा रहेको आफ्नो एउटा राहत वितरण भवनमा आक्रमण हुँदा एक जना कर्मचारीको मृत्यु भएको इरानी रेड क्रेसेन्ट समाजले भनेको छ । 

शनिबार राति पूर्वी इरानको मशादमा एउटा मस्जिदमा आगजनी गरिएको बताइएको छ । इरानी अधिकारीहरूले प्रदर्शनलाई दबाउने प्रयास बढाइरहँदा मृत्यु हुनेको सङ्ख्या बाहिर आइरहेको छ ।

सरकारले मृतकहरूको तथ्याङ्क सार्वजनिक गरेको छैन । यद्यपि, लगभग दुई हप्तादेखि चलिरहेको देशव्यापी विरोध प्रदर्शनमा हिंसा र दमनमा कम्तीमा २ सय ३ जना प्रदर्शनकारीको मृत्यु भएको मानव अधिकारीवादी सङ्घ संस्थाले बताएका छन् । 

अरू २ हजार ६ सय जना प्रहरी हिरासतमा भएको बताइएको छ । इन्टरनेट र फोन सेवाहरू बन्द हुँदा परिस्थितिको स्वतन्त्र रूपमा प्रमाणीकरण गर्न गाह्रो भएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर