नेभिगेसन मेनु

बेनिनमा बन्दूक बोकेर स्टुडियो छिरेको सैनिक समुहले गर्‍यो, ' सत्ता कब्जा' घोषणा
सम्पादक:南亚网络电视
समय:2025-12-08 12:24

 

 army-coup-07122025012354-1000x0

एजेन्सी — पश्चिम अफ्रिकी देश बेनिनमा सैनिकहरुको एक समुहले राष्ट्रिय टिभीमार्फत सत्ता कब्जा गरेको घोषणा गरेका छन् । उनीहरुले राष्ट्रपति प्याट्ररिस टालनलाई अपदस्थ गरिएको दाबी गरेका छन् ।

बन्दूक बोकेर राष्ट्रिय टेलिभिजनको स्टुडियोमा छिरेका ८ जना सैनिकले संविधान निलम्बन गरिएको र देशका सबै नाका बन्द तथा हवाई उडान पनि स्थगित गरिएको बताएका छन् ।

बेनिनस्थित फ्रान्सेली दूतावासले राष्ट्रपतिको आवास नजिक गोली चलेको सुनेको जनाएको छ । यद्यपी राष्ट्रपति नजिकका स्रोतहरुले यस दाबीलाई खण्डन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । सेनाबाट समर्थन नपाएको एउटा सानो सैनिक समुहले टिभीमा सम्बोधन गरेर भ्रम फैलाउन खोजेको उनीहरुको दाबी छ ।

‘ अवस्था नियन्त्रणमै छ । सेनाको ठूलो सख्ंया अझै पनि राष्ट्रपतिप्रति बफादार छ र हामीले अवस्थालाई थप नियन्त्रणमा लिदैंछौं,’ विदेशमन्त्री सिगुन अदजादी बाकरीले रोयटर्ससँग भनेका छन् ।

नाम नखुलाउने शर्तमा एएफपी न्युज एजेन्सीसँग एक सरकारी अधिकारीले भनेका छन्, ‘यो मानिसहरुको एउटा सानो समुहमात्रै हो । जसले केवल टिभी कब्जा गरेको छ । शहर र देश पूर्ण रुपमा स्वतन्त्र र सुरक्षित छ ।’

यद्यपी, राष्ट्रपति कहाँ छन् भन्ने अझै स्पष्ट भइसकेको छैन । राजधानी कोटोनो शहरमाथिको आकाशमा हेलिकोप्टर उडिरहेका छन् । त्यस्तै, शहरका सडकहरुमा सेनाको उपस्थिती बाक्लो छ ।

फ्रान्स र रुसले आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन् । अमेरिकी दूतावासले अवस्थालाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ ।

पश्चिम अफ्रिकामा सैन्य 'कु' नौलो घटनाक्रम होइन । बेनिनका छिमेकी देश बुर्किना फासो र नाइजरमा सैनिक शासन छ । त्यस्तै, माली, गिनिया र गिनिया बिसोउमा पनि सैनिक शासन छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर