नेभिगेसन मेनु

नाइजेरियामा अपहरण गरिएका ८९ जनाको उद्धारः राष्ट्रपति
सम्पादक:南亚网络电视
समय:2025-11-25 11:53

 

 bolat-inubu

अबुजा(नाइजेरिया), मङ्सिर ९ गते । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको मध्य क्षेत्रमा गत हप्ताको सुरुमा अपहरण गरिएका कम्तीमा ८९ जना पीडितको उद्धार  भएको पुष्टि गर्नु भएको छ ।  

उद्धार गरिएका पीडितमा क्वारा राज्यको एरुकुको चर्चमा प्राथनाको क्रममा अपहरण गरिएका ३८ जना उपासक र शुक्रबार नाइजरको स्कूल आक्रमणमा पक्राउ परेका कम्तिमा ५१ जना विद्यार्थी रहेको टिनुबुले सामाजिक सञ्जाल एक्समा मार्फत एक विज्ञप्ति जारी गर्दै बताउनु भएको हो ।

अगवारा स्थानीय सरकारी क्षेत्रको सेन्ट मेरी स्कुलमा आक्रमण गर्ने आतङ्ककारीले कम्तीमा ३१५ जना विद्यार्थी तथा शिक्षकलाई बन्धक बनाएको बताइएका छन् । उहाँले नाइजेरियामा भएको अपहरणको घटनाको कारण दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको जी-२० शिखर सम्मेलनका लागि तय भएको योजनाबद्ध यात्रा रद्द गर्नु भएको थियो ।

पिडितहरुको उद्धार सुरक्षा एजेन्सीको समन्वयमा गरेको अपरेसनको कारण सम्भव भएको बताउनु भएको छ । प्रत्येक नाइजेरियालीलाई राज्यमा, सुरक्षाको अधिकार रहेको उल्लेख गर्दै राष्ट्रलाई सुरक्षित बनाई जनताको रक्षा गर्ने “टिनुबुले बताउनु भएको छ । 

नाइजेरियाका राष्ट्रपतिले प्रहरी र सरकारी अधिकारीलाई जनताको सुरक्षामा ध्यान केन्द्रित गरि सुरक्षा प्रदान गर्न आदेश दिदै टिनुबुले देशमा विद्यमान सुरक्षा चुनौतिलाई ध्यानमा राख्दै सबै समुदायमा प्रहरी परिचालन गर्नु पर्ने बताउनु भएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर