नेभिगेसन मेनु

अर्को वर्ष अप्रिलमा चीनको भ्रमण गर्दै ट्रम्प
सम्पादक:南亚网络电视
समय:2025-11-26 12:21

 

 ScreenShot_2025-11-26_100601_799

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी वर्ष अप्रिलमा चीन भ्रमण गर्ने भएका छन् । ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबिच सोमबार टेलिफोन वार्ता भएको थियो, जसमा ट्रम्पले चीन भ्रमणमा सहमति जनाएका हुन् ।

वार्तामा दुवै नेताबिच व्यापार, रुस-युक्रेन युद्ध, फेन्टानिल रोकथाम तथा ताइवानलगायत महत्त्वपूर्ण विषयमा छलफल भएको बताइएको छ।

ट्रम्पले आफूले ट्रुथ सोसलमा लेख्दै चीनसँगको सम्बन्ध ‘धेरै मजबुत’ भएको उल्लेख गरेका छन्।

चीनको सरकारी समाचार एजेन्सीका अनुसार दुवै देशले आपसी सम्मान र समानताको आधारमा सम्बन्धलाई अझ मजबुत बनाइराख्नुपर्ने बताएका छन्

दुवै नेता गत अक्टोबरमा दक्षिण कोरियामा भेटिएका थिए, जहाँ ट्यारिफ सम्बन्धी एक समझदारीमा पनि सहमति बनेको थियो।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर