नेभिगेसन मेनु

ईरानको नयाँ राष्ट्रपतिमा सुधारवादी नेता डा.मसूद निर्वाचित
सम्पादक:南亚网络电视
समय:2024-07-07 12:12

1720324184_pejeshkiyan-1200x560

ईरानको नयाँ राष्ट्रपतिमा सुधारवादी नेता डा.मसूद पेजेश्कियान निर्वाचित भएका छन्।

शुक्रवार भएको राष्ट्रपति निर्वाचनको शनिवार मतपरिणाम सार्वजनिक गरिएको हो। जसमा पेजेश्कियानले कट्टरपंथी नेता सईद जलीलीलाई पराजित गरेका हुन्।

मतपरिणाम अनुसार डा. पेजेश्कियानले ५३.३ प्रतिशत मत हासिल गरेका छन् भने जलीलीले ४४.३ प्रतिशत मत हासिल गरेका छन्।

यसअघि २८ जुनमा भएको पहिलो चरणको निर्वाचनको क्रममा कुनैपनि उम्मेदवारले बहुमत हासिल नगरेपछि ५ जुलाईमा अर्को चरणको निर्वाचन भएको हो।

इब्राहिम रईसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि ईरानमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर