नेभिगेसन मेनु

पश्चिम खण्डको तीन किलोमिटरमा एकतर्फी कालोपत्रे
सम्पादक:南亚网络电视
समय:2024-02-05 15:36

ण

तनहुँ, माघ २२ गते । पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डको कामले गति लिएको छ । सुस्त गतिमा भइरहेको आयोजनाको काम तीन महिना अघिदेखि भने गति लिएको हो । 

पश्चिम खण्डको कालोपत्रेको काम धमाधम हुन थालेको स्थानीयको भनाइ छ । पश्चिम खण्ड अन्तर्गत शुक्लागण्डकी नगरपालिकाको हलेदी, बेलचौतार र म्याग्दे गाउँपालिकाको जामुनेमा गरी एकतर्फी तीन किलो मिटर कालोपत्रे भइसकेको पश्चिम खण्डका प्रमुख राजेश पौडेलले जानकारी दिनुभयो । 

पौडेका अनुसार एक साताभित्र नै थप तीन किलोमिटर कालोपत्रे पूरा हुनेगरी काम भइरहेको छ । तीन महिनाअघि आठ प्रतिशत प्रगति रहेकोमा हाल १५ दशमलव पाँच  प्रतिशत पुगेको छ । आयोजनाको कामलाई गति दिन रातको समयमा पनि काम भइरहेको र दसैँ, तिहारजस्ता चाडपर्वमा समेत काम गरिएकाले प्रगति साढे १५  प्रतिशत पुगेको पौडेलले बताउनुभयो । 

रातको समयमा समेत ४० देखि ५० जना कामदार पुल निर्माणको संरचना तयार पार्न खटिइरहेको पौडेलले बताउनुभयो । पौडेलका अनुसार चिनियाँ कामदार ५० जना र नेपालीसहित ६० इन्जिनियर खटिएका छन् । फिल्डमा ४ सय २५ जना नेपाली कामदारले दैनिक काम गरिरहेका छन् । 

आयोजना प्रमुख पौडेलले भन्नुभयो, ‘कामलाई गतिशील बनाउन कामदारसँगै उपकरण थपेका छौँ, रातमा पनि काम भइरहेको छ ।’ उहाँका अनुसार एक्स्काभेटर ४०, लोडर १०, ग्रेडर ६ वटा र पानीको ट्याङ्कर आठ वटा परिचालन गरिएको छ । विद्युत पोल सार्ने काम धमाधम भइरहेकाले कामलाई गति लिन सहज भएको पौडेल बताउनुहुन्छ । 

२० किलोमिटर पिच गर्न आवश्यक पर्ने सामग्री तयार छ । पश्चिम खण्ड अन्तर्गत पोखरा र दुलेगौंडासहित मुख्यबजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक २३ मिटरको पिच हुनेछ ।

म्याग्दे गाउँपालिकाकाको जामुनेदेखि शुक्लागण्डकी नगरपालिकाको कुम्ले खोलासम्म कालोपत्र गर्ने तयारी गरिएको पौडेलले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, ‘काम धमाधम भइरहेको छ, कालोपत्र गर्न ‘बेस’ राख्ने काम गरिरहेका छौँ ।’ सडक कालोपत्रका लागि दुई किलोमिटर बेसको काम सकिएको उहाँले जानकारी दिनुभयो ।

एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा भइरहेको पश्चिम खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो । 

पश्चिम खण्डको तनहुँको जामुनेदेखि पोखरा ३८ दशमलव ८८ किलोमिटर दूरीको जसमध्ये २० किलोमिटर दूरीमा ६ लेनको बनाइने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार राजमार्गको पश्चिम खण्डमा १२ वटा मोटरेबल पुल निर्माण भइरहेको र एकसयको हाराहारीमा कल्भर्ट निर्माण हुनेछ । तनहुँको कोत्रेदेखि पोखराको गगनगौँडासम्म ६ लेनको बन्ने भएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर