नेभिगेसन मेनु

विश्वमै अति दुर्लभ बैकाल गैरी चरा भेटियो
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-09 12:52

adsfgh

पुस २४ गते । विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नवलपुरको कावासोतीमा रहेको नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्ने स्वर्गद्वारीघाट नजिकै नारायणी नदीमा फेला परेको छ । 

प्रकृति संरक्षणका लागी अन्तर्राष्ट्रिय सङ्घ (आईयूसीएन) ले समेत खतरामा परेका प्रजातिहरूको रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा नेचर गाइड मान चौधरीले शनिवार फेला पारेको जानकारी दिनुभयो ।

नेपालमा बैकल गैरी चरा ठुला नदी र तालहरूमा रेकर्ड गरिएको भए पनि नारायणी नदी क्षेत्रमा भने पहिलो पटक देखिएको  जलपंक्षी गणनाका पश्चिम सेक्टर संयोजक डीबी चौधरीले बताउनुभयो ।

जाडो मौसममा उत्तरबाट दक्षिणतर्फ जाने क्रममा आहारा र विश्रामका लागि नवलपुरको नारायणी नदीमा आएको आँकलन गरिएको चौधरीको भनाइ छ । मङ्गोलिया, बर्मा, साइबेरिया, चीन, रुस, थाइल्यान्ड, कोरिया लगायतका देशहरूबाट आगन्तुक चराहरू यति बेला नारायणी नदी र आसपासको क्षेत्रमा आएका हुन्छन्  ।

यहाँ आउने चराहरूमा हाँस प्रजातिका चरा बढी आउने गरेका छन् भने जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चरा आउने भएपछि चरा गणना पनि गर्ने गरिन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर