नेभिगेसन मेनु

ओझेलमा 'माँझकोट'
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-17 15:24

majkotbata-dekhiyako-himal

माघ ३ गते । वालिङ नगरपालिका-३ मा रहेको पर्यटकीय सम्भावनाहरु प्रशस्तै भएपनि उजागर गर्न नसक्दा पछाडी परेका छन् । होमस्टेमार्फत् पर्यटनको उजागर गर्न प्रयास भएपनि बुढाकोट राम्चे होमस्टे दर्ता भएर उचित रुपमा सञ्चालन हुन नसक्दा पर्यटन ओझेलमा परेको हो । 

समुद्री सतहदेखि एक हजार ७१५ मिटरको उचाईमा रहेको बुढाकोटमा भ्यूटावर पनि छ । सिद्धार्थ राजमार्ग रामबाच्छाबाट १२ किलोमिटर कच्ची ग्रामीण सडकबाट पुग्न सकिने माँझकोट जाँदै गर्दा बाटोमा देखिने हृमशृङ्खलाहरु, बिहानीपख ढपक्कै वालिङ बजारलाई कुहिरोले ढाकेको दृश्यले जोकोहिलाई पनि आर्कषित गर्ने गर्छ । 

यहाँको बुढाकोटबाट तनहुँ, पाल्पा, नवलपुर, नवलपरासी, चितवन, लम्जुङ, गोरखा, कास्की, पर्वत लगायतका जिल्लाहरु देखिन्छ भने अन्नपुर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमशृङ्खलाहरु देख्न सकिन्छ । माँझकोटसँगै शृङ्गारकोट, बुढाकोट गाउँ छन् । 

वडा अध्यक्ष भिमबहादुर गुरुङले यहाँ एक कार्यक्रममा बुढापाका मात्रै भेला भएकाले त्यहाँको नामाकरण बुढाकोट गरिएको भन्ने जनकथन रहेको बताउनुभयो । यस वार्डमा ३४२ घरमध्ये ३८ घरले बसाँईसराई गरिसकेका छन् भने कुल जनसङ्ख्या दुई हजार ८७५ मध्येको ३० प्रतिशत मात्रै अहिले गाउँमा बस्दै आएका छन् भने बाँकी ७० प्रतिशत रोजगारी, अध्ययन, व्यवसाय लगायतको सिलसिलामा पोखरा, रामबाच्छा, बुटवल, काठमाडौं बस्दै आएका छन् । 

९८ प्रतिशत गुरुङ समुदायको वस्ती रहेको यहाँ गुरुङ रितिरिवाज, भेषभुषा पनि त्यहाँको थप आर्कषणको केन्द्रविन्दु हो भने मुख्य बाली कोदो र मकै हो भने तल्लो भेगमा सुन्तलाखेति पनि हुँदै आएको छ । 

मेलिनियम ट्रयाक अन्र्तगत तनहुँको ढोरफेँदि, स्याङ्जाको पेल्काचौर, मनकामना हुँदै बुढाकोट पनि पर्ने भएकाले पर्यटनको थप सम्भावना रहेकाले पनि पर्यटनको लागी थप पूर्वाधार निर्माण गर्न नगरपालिका, प्रदेश र संघिय सरकारसमक्ष अनुरोध गरिने वडा अध्यक्ष गुरुङले बताउनुभयो । 

आफ्नो बाँकी कार्यकालमा बुढाकोट होमिस्टेमा भौतिक पुर्वाधार निर्माण गरी पर्यटक बस्न मिल्ने बनाउने, हिउँदको समयमा पानीको समस्या देखिएकाले पानीको मुहानको उचित संरक्षण गरी प्रर्याप्त पानीको व्यवस्थापन, कृषि उत्पादकत्वमा वृद्धि गर्ने गाउँमै बस्ने वातावरण सृजना गर्ने योजना रहेको वडा अध्यक्ष गुरुङले बताउनुभयो । 

स्याङ्जामा धेरै होमस्टेहरु रहेपनि माँझकोटमा फरकपना रहेको र होमस्टेलाई प्रवर्द्धन गर्न सकियो भने स्थानीयको आर्थिक अवस्था राम्रो हुने देखिन्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर