नेभिगेसन मेनु

आठ वर्ष देखि अलपत्र पुलको काम सुरु
सम्पादक:南亚网络电视
लेखक:गोरखापत्र
समय:2024-01-19 12:49

seti-dhobhan-pul

माघ ५ गते । आठ वर्ष देखि अलपत्र रहेको शुक्ल गण्डकी नगरपालिका– ७ को दोभान र भीमाद नगरपालिका– ८ भावर जोड्ने सेती नदी माथिको पुलको काम सुरु भएको छ । ठेकेदारको बदमासीले अलपत्र भएको उक्त पुल निरन्तर ताकेता पछि काम सुरु भएको हो । 

चालु आर्थिक वर्ष भित्रै पुरा हुने गरी काम धमाधम भइरहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।  निर्माण व्यवसायी अहिले फिल्डमा आएर काम अगाडि बढेकोले छ महिना अघि नै काम सम्पन्न हुने सम्भावना रहेको सडक डिभिजन कार्यालय तनहुँका सिनियर डिभिजन इन्जिनियर पशुपति ज्ञवालीले बताउनुभयो । पुलको ८५ प्रतिशत काम पुरा भएको र कामको गति यसरी नै बढेमा तीन महिना भित्र सम्पन्न हुने देखिएको उहाँले जानकारी दिनुभयो । पुलको ढाँचा ९डिजाइन० परिवर्तन र कोभिड महामारीले गर्दा काम ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । 

समयमै पुल निर्माण नहुँदा सेती पारीका भिमाद नगरपालिका, शुक्ल गण्डकी र स्याङ्जाको हरिनास गाउँपालिकाका स्थानीय मर्कामा परेका छन् । यहाँ पक्की पुल नहुँदा दुई पाङ्ग्रे सवारी झोलुङ्गे पुलबाट जोखिम मोलेर तारिन्छ । झोलुङ्गे पुल नतर्ने हो भने भिमाद बजार घुमेर जानुपर्ने बाध्यता छ । पुल नबन्दा सेती पारीको समग्र विकास प्रभावित भएको स्थानीयवासीको गुनासो छ । मोटरसाइकल, स्कुटरबाहेकका ठुला सवारी साधन घुमाउरो बाटो हुँदै नजिकको पृथ्वी राजमार्ग र बजारमा पुग्नुपर्छ ।

क्याङ्दी खोला तरेर पुलचोक हुँदै दुलेगौँडा बजार जाने एउटा विकल्प छ । वर्षा याममा क्याङ्दी खोलाबाट सवारी वारपार नहुँदा भिमाद बजार हुँदै राजमार्गमा पुग्ने गरेका छन् । हिउँदमा घुमाउरो बाटो प्रयोग गरे पनि वर्षाको बेला मोटरेवल पुलको अभाव खड्किन्छ ।  विसं २०७२ असार ३० गते सम्झौता भई २०७५ असार २९ मा निर्माण सम्पन्न गर्ने गरी एड्भेन्चर कन्स्ट्रक्सन चितवनले पुलको ठेक्का पाएको थियो । विसं २०७५ चैत १५ गते पहिलो पहिलो पटक म्याद थप गरिएको थियो । काम नसकिएपछि विसं २०७७ फागुन १४ गतेसम्म दोस्रो पटक म्याद थप गरिएको थियो । विसं २०७८ भदौ ९ सम्म र चौथो पटक चालु आर्थिक वर्षको सम्मको लागि म्याद थपिएको छ । आठ करोड ८० लाख ५० हजार आठ सय ८३ को लागतमा पुल निर्माणको लागि ठेक्का लागेको ढाँचा परिवर्तन भएपछि ११ करोड ४८ लाख ३८ हजार छ सय ५० रुपियाँमा पुल निर्माण गर्न लागिएको सडक डिभिजन कार्यालय दमौलीका सबईन्जिनियर दीपेन्द्र पन्थले जानकारी दिनुभयो । 

पुल अलपत्र अवस्थामा हुँदा आवतजावत समस्या हुनुका साथै खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानीमा कठिनाइ भएको स्थानीय बताउँछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर