नेभिगेसन मेनु

एकीकरण पदयात्रामा नेपाली सेना
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-07 12:40

sena-ko-photo-(5)

पुस २२ गते । नेपाली सेनाले एकीकरण पदयात्रा सुरु गरेको छ । शनिबार बिहान यात्रामा निस्केका सैनिक टोलीलाई बिदाइ गरिएको छ । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोषबल्लभ पौडेल र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले टर्च दिएर टोलीलाई बिदाइ गर्नुभएको हो । 

उपरथी पौडेलले भन्नुभयो, “वर्तमान नेपाल निर्माणमा बडामहाराजधिराज पृथ्वीनारायण शाहको ठुलो योगदान छ । उहाँले नेपाली सेनाको पनि त्यहीबेला निर्माण गर्नुभएको थियो । नेपाल एकीकरणसँग सम्बन्धित कोटकिल्लाको संरक्षण र संवर्धन गर्नु हाम्रो पनि दायित्व हो । सोही अनुरूप यो पदयात्रा भएको हो ।” 

नेपालको राष्ट्रिय झन्डा, टर्चसहित नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज) को झन्डासहित नेपाली सेनाको टोली गोरखा दरबारबाट हिँडेको हो । 

टोलीमा नेपाली सेनाको परम्परागत पोसाक (कालो कपडा) मा सजिएका १० जना र हालको कार्यालय पोसाकमा २० जना सैनिक सहभागी भएका छन् । नेपाल एकीकरण र नेपाली सेनाको इतिहाससँग जोडिएका ऐतिहासिक गढी, कोट, किल्ला, कोषेढुङ्गा (हरेक कोष कोषमा गाडिएको ढुङ्गा) पार्टी, पौवा र ऐतिहासिक चिजको खोजी र ती क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने सेनाको नीति छ ।

नेपाली सेनाको आयोजनामा भएको यो चौथो पदयात्रा हो । पदायात्रालाई गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाले सहयोग गरेका छन् । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले भन्नुभयो, “गोरखा ऐतिहासिक भूमि हो । पृथ्वीनारायण शाह र नेपाली सेनाको गौरवमय इतिहास जोडिएको यस महान् कार्यक्रममा हामी पनि सहभागी हुन पाउँदा गर्व लागेको छ । यसलाई एकीकरण पदमार्गका रूपमा विकास गर्ने हाम्रो योजना छ ।”

पञ्चे बाजा, नेपाली सेनाको ब्यान्ड बाजा बजाउँदै हनुमान चौताराबाट निस्केको टोली गोरखा दरबार, जोरपोखरी, ताप्ले, अश्राङ हुँदै बोर्लाङको घाटबेँसी पु¥याइने छ । साँझ एक कार्यक्रमका बिच धादिङको टोलीलाई टर्च र झन्डा दिएर गोरखाको टोली फिर्ता हुने नेपाली सेनाको रिपुमर्दन गणका सेनानी भुवन थापामगरले जानकारी दिनुभयो । 

गोरखाबाट पठाइएको टर्च र झन्डा २६ गते साँझसम्म काठमाडौँको हनुमान ढोकामा पुर्‍याइने छ । २७ गते हनुमान ढोका परिसरमा हुने राष्ट्रिय एकता दिवस एवं पृथ्वी जन्यती मूल समारोहमा सार्दुल जङ्ग गुल्मले उक्त टर्च र झन्डासहित प्रस्तुति गर्ने कार्यक्रम छ ।

राष्ट्रिय विभूति पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा धादिङ, नुवाकोट हुँदै काठमाडौँमा हमला गरेको इतिहास छ । छरिएर रहेका राज्यलाई एकीकृत गरी वर्तमान नेपाल निर्माण गरेका शाहको इतिहासलाई जगेर्ना गर्दै तत्कालीन बाटोलाई पदमार्ग बनाएर पर्यटन पवर्धन गर्ने सरकारको तयारी छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर