नेभिगेसन मेनु

वालिङमा उपप्रमुखसहित १५ जना जनप्रतिनिधिले गरे नगरसभा बहिस्कार
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-14 13:18

adsfbaf

पुस २९ गते । वालिङ नगरपालिकाको नगर सभा उपप्रमुख कविता तिवारी गैह्रेसहित १५ जनाले बहिस्कार गरी सभाबाट बाहिरिएको छ । वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने गरी शिक्षा ऐन संशोधन प्रस्ताव आएसँगै यसको विरोध गर्दै उहाँहरूले सभा बहिष्कार गरेकाे हाे । 

नगर शिक्षा ऐन २०७४ मा पहिलो संशोधन गरेको छ । वडाध्यक्षलाई नै स्वतः विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने गरी ऐन संशोधन भएपछि विवाद चर्किएको हो । विगत केही दिनदेखि वालिङमा यस विषयले चर्चा पाइरहेको थियो । नगर कार्यपालिकाको बैठकमा समेत यस विषयमा चर्काचर्की हुँदै आएको थियो । 

१५ औँ नगर सभामा नगरप्रमुख कृष्ण खाँणले नगर शिक्षा ऐन २०७४ मा पहिलो संशोधन  प्रस्ताव पेस गर्नुभएको थियो । विधेयकमा वडाध्यक्षलाई नै विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष बनाउने प्रस्ताव गरिएको छ । 

उपप्रमुख तिवारीले दीर्घकालीन असर गर्ने विषयमा बृहत् र विज्ञसहितको छलफल गराउनु पर्ने माग गरेको बताउनु भयो । दीर्घकालीन असरको मूल्याङ्कन नगरिएको भन्दै आफूहरूले सभा बहिस्कार गरेको उहाँको भनाइ छ । सभाले गरेको संशोधन अनुसार अब मावि तहका विद्यालयमा वडा अध्यक्ष स्वतः अध्यक्ष हुनेछन् भने आधारभूत विद्यालयको हकमा वडाध्यक्ष वा निजले तोकेको व्यक्ति वडाध्यक्ष हुन पाउनेछन् । 

सङ्घीय कानुनसँग यस्तो व्यवस्था बाझिने भन्दै शिक्षक तथा शिक्षासँग सम्बन्धित व्यक्तिले विरोध गरिरहेका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर