नेभिगेसन मेनु

राष्ट्रपतिद्वारा बागलुङ कालिका मन्दिरको दर्शन (फोटो फिचर)
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-27 14:07

IMG20231227105636

पुस ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिरको दर्शन र पूजा आराधना गर्नुभएको छ ।

आजदेखि सुरु हुने सातौं बागलुङ महोत्सवको उद्घाटन गर्न बुधबार बिहान बागलुङ बजारमा आउनुभएका राष्ट्रपति पौडेलले प्रसिद्ध शक्तिपीठका रुपमा परिचित बागलुङ कालिका भगवती मन्दिरमा पुगेर दर्शन र पूजा गर्नुभएको हो ।

दर्शनका लागि मन्दिरमा पुग्नुभएका राष्ट्रपति पौडेललाई कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालगायतका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो । 

पूजा आराधनापछि कालिका भगवती गुठी व्यवस्थापन समितिले सम्मान पत्र हस्तान्तरण गरेको थियो । साथै  अध्यक्ष खड्काले काठबाट बनाइएको कालिका मन्दिरको मूर्ति उपहार दिनुभयो ।

राष्ट्रपति पौडेलले  मन्दिरमा राखिएको आगन्तुक पुस्तिकामा सुझावसहित हस्ताक्षर गर्नुभयो । राष्ट्रपतिबाट मन्दिरको दर्शन र पूजाआराधनाले बागलुङ कालिका भगवतीको प्रचारप्रसारमा टेवा पुग्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने गुठी व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर