नेभिगेसन मेनु

इजरायलद्वारा गाजामा हवाई आक्रमण, दर्जनौँको मृत्यु
सम्पादक:南亚网络电视
लेखक:एजेन्सी
समय:2023-12-04 12:51

iserael-attack

काठमाडौँ, मङ्सिर १८ गते । हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार युद्धग्रस्त गाजा पट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गर्दा दर्जनौँको मृत्यु भएको बताएको छ । साथै सयौँ मानिसहरू घाइते भएको बताएको छ । इजरायली हवाई हमलाले उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाइ आक्रमण गरेको थियो ।

पछिल्लो केही घण्टामा ३७ जनाको ज्यान गएको बताइएको छ । यसैबिच, गाजा सहरको उत्तरमा रहेको अबु एस्कन्दर क्षेत्रमा रहेको एउटा घरलाई निशाना बनाएर इजरायली बमबारीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । यसबाहेक प्यालेस्टाइन सिभिल डिफेन्स सर्भिसले गाजा सहरको पूर्वमा रहेको याफा स्ट्रिटमा इजरायली युद्धक विमानहरूले ध्वस्त पारेका घरहरूमा कैयौं मानिस मारिएको र घाइते भएको बताएको छ ।

नागरिक रक्षा सेवाका प्रवक्ता महमूद बसालले हालैका घण्टाहरूमा इजरायली हवाई आक्रमणका कारण ८४ जनाको मृत्यु गाजाको अल–मुमालत अस्पतालमा लगिएको जानकारी दिए । सरकारको मिडिया कार्यालयका निर्देशक इस्माइल अल–थवाबतेहले आइतबार गाजामा पछिल्लो २४ घण्टामा ७ सय भन्दा बढी प्यालेस्टाइनी मारिएका बताउनु भयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर