नेभिगेसन मेनु

रुसी राष्ट्रपति पुटिनले यूएई र साउदी अरबको एकदिने भ्रमण गर्दै
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-12-06 16:57

thumbs_b_c_e782a836f26ce942350e0c5004bc27e8

काठमाडौँ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यूएई र साउदी अरबको एक दिने भ्रमण गर्ने भएका छन् । क्रेमलिनका अनुसार राष्ट्रपति पुटिनले भ्रमणका क्रममा अन्तर्राष्ट्रिय सरोकारका विषयका साथै इजरायल-प्यालेस्टाइन द्वन्द्वका विषयमा दुई देशसँग छलफल गर्ने कार्यतालिका रहेको छ ।

रुसी सरकारी समाचार संस्था तासका अनुसार पुटिनको भ्रमण केवल २४ घण्टाको मात्र हुनेछ । यही हप्ता मात्र पुटिनले मस्कोमा इरानी राष्ट्रपति इब्राहिम रइसीलाई स्वागत गर्दैछन् ।

टाइमका अनुसार पछिल्लो समय पुटिनले मध्यपूर्वमा रूसी उपस्थिति बढाउँदै लैजान चाहेका छन् । साथै प्यालेस्टाइनमाथि इजरायलले ज्यादति गरेको भन्दै रुसले मध्य पूर्वका देशहरूसँग संवाद बढाउँदै लगेको हो ।

कोरोना महामारीपछि रुसी राष्ट्रपति पुटिनले मध्यपूर्वको भ्रमण गर्न लागेका हुन् । पछिल्लो पटक उनले सन् २०१९ मा यूएई र साउदी अरबको भ्रमण गरेका थिए । पुटिनले भ्रमणको सुरुवात भने यूएईबाट सुरु गर्नेछन् । रुसी राष्ट्रपति पुटिनका सहयोगी युरी उशाकोभका अनुसार विमानस्थलमा आधिकारिक बैठकपछि दरबारमा पनि भेट हुनेछ ।

पुटिनले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसँग वान टु वान भेटवार्ता गर्ने तासले जनाएको छ । त्यसपछि पुटिन आबुधाबीबाट रियाद जानेछन् । उनले त्यहाँ साउदी राजकुमार मोहम्मद बिन सलमान अल साउदसँग भेटवार्ता गर्नेछन् ।

पुटिनसँगै भ्रमण टोलीमा विदेशमन्त्री सेरगेई लाभरोभ, वरिष्ठ उपप्रधानमन्त्री एन्ड्रेई बेलौसोभ, उपप्रधानमन्त्रीहरू डेनिस मान्टुरोभ र अलेक्जेन्डर नोभाक, बैंक अफ रसियाकी गभर्नर एल्भिरा नाबिउलिनालगायतका उच्च अधिकारीहरू पनि सहभागी हुनेछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर