नेभिगेसन मेनु

पोखरामा मंसिर ९ गते सम्मुन्नतिको लागि दौड प्रतियोगिता
सम्पादक:南亚网络电视
समय:2023-11-21 20:31

Image_20231123105034

एस् ए टि भी,काठमाण्डौ । नेपाल पर्यटन बोर्डले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेको छ। पोखरा दोस्रो अन्तराष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिताको आयोजना बारे सूचित गराउन बोर्डले कार्यक्रमको आयोजना गरेको हो।

नेपाल पर्यटन बोर्ड, नेपालका लागि चिनियाँ राजदूतावास काठमाण्डौ, पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एसोसिएसन र होटल एसोसियन पोखराको सहआयोजनामा मंसिर ९ गते पोखरामा मैत्रीपूर्ण दौड प्रतयोगिताको आयोजना हुने भएको छ।

पोखरामा धावकहरुले दौड, साइक्लिङ, र फेवातालमा बोटिङ गरी ४० किमी पार गर्नुपर्ने बोर्डले जानकारी गरिएको छ। प्रतियोगितामा प्रथम हुन सफल टोलीलाई ३,६०,००० दोस्रो हुनेलाई २,८८,००० तेस्रो आउनेलाई २,१६,००० चौथोलाइ १,४४,००० र पाँचौं हुन सफल टोलीलाई ९०,००० नगद पुरस्कार प्रधान गरिने नेपाल पर्यटन बोर्डले जनाएको छ।

नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध विस्तार र नेपाल पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्यले प्रतियोगिता आयोजनाको तयारी थालिएको हो। प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ।

प्रतियोगितामा सहभागीलाई समूहमा विभाजन गराइनेछ। एउटा समूहमा ३ जनाको दरले प्रतियोगितामा ६० जना सहभागी हुने छन् भने खुल्ला तर्फ ५०० बढी नेपालीले सहभागी हुने नेपाल पर्यटन बोर्डले जानकारी गराएको छ।

प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी, अफिसियल,र अन्य पाहुनाले चिनियाँ सरकारको सहयोगमा हिमालयन एरलाइन्सको चार्टर उडान प्रयोग गर्ने भएको सूचना प्राप्त भएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर