नेभिगेसन मेनु

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हिमालय एरलाईन्सको पहिलो चार्टर उडान
सम्पादक:南亚网络电视
समय:2023-11-24 00:14

IMG_6507

हिमालय एयरलाइन्सको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो अवतरित जहाज। तस्बिर: विशाल श्रेष्ठ/एस् ए टि भी 

एस ए टि भी, मंसिर ७ गते। पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक घरेलु विमान कम्पनी, हिमालय एरलाईन्सको चार्टर उडानले अवतरण गरेको छ। हिमालय एरलाईन्सको H97842 विमानद्वारा चीनको खुनमिङबाट भरेको उडानले बेलुकिको ५ बजेर ५५ मिनेट जादा पोखरामा अवतरण गर्न सफल भएको हो। यस अघि अन्तराष्ट्रिय तर्फ सिचुवान एरलाइन्सको चार्टर विमानले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

खुनमिङबाट ३ घन्टा १० मिनेटको उडान पश्चात पोखरा आइपुगेको विमानमा १०० जना भन्दा बढी चिनियाँ  रहेकाछन्, जसमा खुनमिङ सहरका मेयर लगायत खेलाडी रहेका छन्। मंसिर ९ गते देखि पोखरामा हुन गैईरहेको "वार हर्स" नेपाल पोखरा अन्तराष्ट्रिय हिमालय अन्तरदेशीय दौड प्रतियोगितामा सहभागी हुन नेपाल आएका खेलाडी बोकी विमान पोखरामा अवतरण भएको हो।

पोखरामा विमानको स्वागत गर्न जनवादी गणतन्त्र चीनको नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङ, पोखरा महानगरपालिकाका मेयर धन राज आचार्य, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी, होटल एशोसियसन नेपालका उच्च पदाधिकारी लगायत अन्य व्यक्तिहरूको गरिमामय उपस्थिति रहेको थियो।

आगन्तुकको सत्कार र स्वागतका लागि पोखराको होटल बाराहिमा स्वागत समारोहको निम्ति रात्रिभोजको आयोजना गरिएको थियो। समारोहमा पोखरा र खुनमिङ प्रान्तका मेयर बीच मायाको चिनो आदान प्रदान समेत गरिएको थियो। विभिन्न सांगीतिक प्रस्तुतीले रात्रिभोजलाई अझै रमनीय बनाएको थियो। नेपाल र चीनका जनता बीच चिना परिचयको राम्रो अवसर बनेको रात्रिभोजले एक अर्काको भाषा सांस्कृति बुझ्न बुझाउन सहज गराएको थियो।

हिमालय  एरलाईन्सको उडान, बेल्ट एण्ड रोड परियोजना अन्तर निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा चीनबाट यात्रु बोकी आएको दोस्रो विमान बन्न पुगेको छ। यस अघि सिचुवान एरलाईन्सले पहिलो अवतरण गरेको थियो।

नेपाल र चीन हिमाल र नदीले जोडिएको छिमेकी राष्ट्र हुन। यस उडानले नेपाल-चीनको दूरी घटाई मित्रतालाई झनै प्रगाढ बनाएको छ। नेपाली पर्यटनलाई प्रवर्धन गर्न र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन पनि यस उडानले अहम भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।

IMG_6859

IMG_6848

IMG_6813

IMG_6791

IMG_6668

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर