नेभिगेसन मेनु

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार,आईसीयूबाट जनरल वार्डमा सारियो
सम्पादक:南亚网络电视
लेखक:काठमाण्डु पाटी
समय:2023-10-20 14:27

Narayan-kaji-Shrestha

काठमाण्डु – बेइजिङमा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ।

स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए।

बुधबारराति हृदयाघात (हर्टअट्याक) भएपछि गृहमन्त्री श्रेष्ठलाई बेइजिङस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा भर्ना गरिएको थियो। उनको मुटुको शल्यक्रिया सफल भएको चिकित्सकले बताएका छन्।

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार राति १ बजे हृदयघात भएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर