नेभिगेसन मेनु

सुपथ मूल्यका पसल नै सुनसान
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-20 12:42

Untitled-1 (6)

चाडपर्वका अवसरमा सञ्चालन भएका सुपथ मूल्यका पसलमा भिडभाड हुनुपर्ने भए पनि यो वर्ष सुनसान जस्तै भएका छन् । सरकारले दसैँतिहार र छठलाई लक्षित गरी सञ्चालन गरेका सुपथ मूल्यका पसलमा नुन र चामल मात्रै हुँदा यो वर्ष सुपथ मूल्यको पसल सुनसान भएका हुन् । 

सरकारले चाडपर्वको समयमा जनताको सहजताका लागि असोज २१ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । जस अनुसार घोराहीमा साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडले नुन र तुलसीपुरमा खाद्य व्यापार संस्थाले चामलका लागि सुपथ मूल्यको पसल सञ्चालन गरेका छन् । चाडपर्वको समयमा जनताका लागि आवश्यक पर्ने चिनीलगायतका अन्य सामग्री नहुँदा साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडले सञ्चालन गरेको सुपथ मूल्य पसल सुनसान जस्तै हुने गरेको छ । 

साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ताले सुपथ मूल्यको पसल सञ्चालन गरेको करिब ११ दिनको अवधिमा छ सय जनाले तीन हजार पाँच सय केजीभन्दा बढी नुन खरिद गरेको जानकारी दिनुभएको छ । 

उहाँका अनुसार चिनी पनि सुपथ मूल्यको पसलमा राख्ने प्रयास गरे पनि नपाइदा राख्न नसकिएको बताउनुभयो । विगतका वर्षमा नुनसँगै चिनीसमेत हुने भएकाले सुपथ मूल्य पसलमा चाडपर्वको समयमा भिडभाड हुने गरे पनि यो वर्ष नुन मात्रै भएकाले खासै नागरिकको आकर्षण नदेखिएको बताउनुभयो । सुपथ मूल्य पसलमा चाडपर्वका लागि आवश्यक पर्ने चिनी नहुँदा ग्राहकको खासै आकर्षण देखिन सकेको छैन । कार्यालय प्रमुख गुप्ताका अनुसार प्रतिकेजी नुन १८ रुपियाँमा बिक्री गर्दै आइएको छ । बजारमा खुला रूपमा २५ रुपियाँमा नुनको प्याकेट बिक्री हुने गरे पनि साल्ट ट्रेडिङले सात रुपियाँ छुटमा दिने गरेको छ ।

यसै गरी तुलसीपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेको सुपथ मूल्य पसलमा हालसम्म ३५ क्विन्टल मात्रै चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसलबाट हालसम्म ३५ क्विन्टल चामल बिर्कि गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरका कार्यालय प्रमुख तिलक सुनारले जानकारी दिनुभएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर