नेभिगेसन मेनु

कर्णालीका विमानस्थलमा नेपाल एयरलाइन्सले थप्यो उडान
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-16 16:28

Nepal-airlince-humla

हुम्ला, असोज २९ गते । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा नेपाल वायुसेवा निगमको जहाज नेपाल एयरलाइन्सले उडान सङ्ख्या बिस्तार गरेको छ । नपालीहरुको महान् चाड वडा दसैँमा यात्रुहरू सहज रूपमा आफ्नो गन्तव्यमा पुर्‍याउनका लागि नेपाल एयरलाइन्सले उडान बिस्तार गरेको हो । 

नेपाल एयरलाइन्स हुम्लाका प्रमुख बलिराज हमालले आइतबारबाट सिमकोट विमानस्थलका लागि नेपाल एयरलाइन्सले हप्ताको चार वटा उडान सुरु गरेको बताउनुभयो । यसअघि हुम्लाका लागि हप्तामा दुई उडान तालिका भए पनि त्यो नियमित थिएन । उहाँले अब आइतबार, सोमवार, बिहीबार र शुक्रवार उडान हुने बताउनुभयो । 

दसैँको अवसरमा मुगुमा मङ्गलवारदेखि शुक्रवारसम्म चार दिन नियमित उडान हुने नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मान बहादुर चौधरीले जानकारी दिनुभयो । मुगुको ताल्चाका लागि यसअघि पनि हप्तामा दुई उडान हुँदै आएका थिए । त्यसैसरि कर्णाली कै हिमाली जिल्ला डोल्पा र जुम्लामा पनि हप्तामा चार उडान हुने उहाँले बताउनुभयो । जुम्लामा यसअघि नेपाल एयरलाइन्सले हप्तामा एक उडान मात्र भर्दै आएको थियो । त्यसैसरि सुदूर पश्चिम प्रदेशको हिमाली जिल्ला बाजुराको कोल्टीका लागि पनि हप्ताको चार नेपाल एयरलाइन्सले भर्ने छ । दसैँ तिहार जस्ता ठुला चाडपर्वमा दुर्गमका जिल्लाहरूमा जान यात्रुरुहरुले दुःख पाउने भएकाले उहाँहरूको सहजताका लागि संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयको निर्देशन अनुसार थप उडान राखिएको उहाँले बताउनुभयो । 

यसका लागि नेपाल एयरलाइन्सको हवाई टिकट अनलाइन र सम्बन्धित कार्यालयमा पुगेर लिन सकिने क्षेत्रीय कार्यालय नेपालगन्जले गरेको छ  । दुर्गमका जिल्लाहरूमा सडक यातायात भरपर्दो नहुँदा हवाई यातायात नै आवत जावतको प्रमुख विकल्पका रूपमा रहेको छ । कर्णाली र सुदूर पश्चिम प्रदेशका पाँच हिमाली जिल्लामा उडान भर्नका लागि नेपाल एयरलाइन्सले एउटा जहाज नेपालगन्जमा राखेको जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर