नेभिगेसन मेनु

याकचौंरीको ‘हब’ मनाङ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-26 16:34

yakkkk

मनाङ, असोज ९ गते ।  बर्सेनि मनाङका किसानले पालेका याकचौंरीका बाच्छाबाच्छी हिउँ चितुवाको आक्रमण पर्ने गरेका छन् । हिउँ चितुवाको आक्रमण बढ्दै गएपछि याकचौरीका बाच्छाबाच्छी संरक्षणलाई प्राथमिकता दिइएको छ ।

खर्कमा राखेर पालिएका याकचौरीका बाच्छाबाच्छीको संरक्षणका लागि अनुदानमा तारबारसहितको गोठ निर्माण गर्न प्रोत्साहन गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. नारायण कुसुमले मनाङ याकचौरीको ‘हब’ भएकाले बाच्छाबाच्छी संरक्षणका लागि अनुदानलाई निरन्तरता दिइएको जानकारी दिनुभयो । हिउँ चितुवाले याकचौरीका बाच्छाबाच्छीलाई बढी आक्रमण गरी क्षति पुर्‍याउँदै आएकाले संरक्षणका लागि अनुदान दिइएको कुसुमले बताउनुभयो ।

पशुपालक किसानलाई अनुदान र विभिन्न तवरबाट हुने क्षतिमा सहयोग पाउन सके यसबाट पेसा फेर्नुपर्ने अवस्थाबाट सुरक्षित गराउन सकिने अपेक्षा गरिएको विज्ञ केन्द्रले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले किसानको व्यावसायिक सुुनिश्चितताका लागि कृषि र पशु बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।

प्रमुख कुसुमले भन्नुभयो, ‘‘पशुपालक किसानलाई हुने क्षतिमा राहत पु¥याउने उद्देश्यले अनुदानमा तारबारसहितको गोठ निर्माण गरिएको छ, खर्कमा बाच्छाबाच्छी बढी जोखिममा पर्ने गर्छन्, तर याकचौंरीलाई नै पनि आक्रमण हुने गरेको छ ।’’

याकचौंरीका बाच्छाबाच्छीको संरक्षण गर्न निकै कठिन हुने र यसबाट हुने क्षतिबाट किसानलाई राहत दिन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको संयुक्त प्रयासमा वैकल्पिक प्रविधि एवम् सहयोग किसानसमक्ष पुर्‍याउने गरिएको कुसुमले बताउनुभयो ।

पशुपालक किसानलाई यस क्षेत्रमा नै प्रोत्साहन गर्न विविध कार्यक्रम सञ्चालनको निरन्तरता दिन चालु आर्थिक वर्ष २०८०/८१ का लागि दुई करोड सात लाख एक हजार बजेट विनियोजन गरिएको छ । पुँजीगततर्फ प्रयोगशाला कोठा ‘पार्टिसन’ गर्ने र वाल र्‍याक, कार्यालय तथा आवास क्षेत्रको तारबारसहितको वाल कम्पाउन्डिङ, तालिम हल ‘प्लाङकिङ’ तथा पूरा ‘फर्निसिङ’, प्रयोगशाला एवम् डिस्पेन्सरी उपकरण खरिद, ट्राइनाकुलर ओलम्पस क्यामराजडित माइक्रोस्कोप खरिद, फर्निचर खरिदलगायतका शीर्षकमा बजेट विनियोजन गरिएको छ ।

प्रयोगशाला कोठा पार्टिसन/वाल र्‍याकमा  छ लाख, कार्यालय र आवास क्षेत्रको तारबारसहितको वाल कम्पाउन्डिङमा १८ लाख, तालिम हल प्लाङकिङ तथा पूरा फर्निसिङमा आठ लाख, प्रयोगशाला तथा डिस्पेन्सरी उपकरण खरिदमा तीन लाख, ट्राइनाकुलर ओलम्पस क्यामराजडित माइक्रोस्कोप खरिदमा चार लाख र फर्निचर खरिदमा एक लाख बजेट विनियोजन गरिएको छ ।

चालुतर्फ पशुपक्षी तथा मत्स्य व्यवसाय प्रवर्द्धन कार्यक्रम, पशु स्वास्थ्य कार्यक्रम, पशु आहारा प्रवर्द्धन कार्यक्रम, पशु प्रजनन् तथा नश्ल सुधार कार्यक्रम, पशु आनुवांशिक स्रोत संरक्षण कार्यक्रम र एकीकृत स्वास्थ्य कार्यक्रमलगायतलाई प्राथमिकतामा राखी बजेट विनियोजन भएको कुसुमले जानकारी दिनुभयो ।

उहाँका अनुसार पशुपक्षी तथा मत्स्य व्यवसाय प्रवर्द्धन कार्यक्रममा छ लाख ५० हजार, पशु स्वास्थ्य कार्यक्रममा ३६ लाख ४० हजार, पशु आहारा प्रवर्द्धन  कार्यक्रममा  छ लाख, पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रममा एक लाख पाँच हजार, पशु आनुवांशिक स्रोत संरक्षण कार्यक्रममा १५ लाख र एकीकृत स्वास्थ्य कार्यक्रममा छ लाख बजेट विनियोजन गरिएको छ ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले अनुदान तथा अन्य कार्यक्रममा वास्तविक किसानसमक्ष पुग्नुपर्ने बताउनुभयो । सङ्घ र प्रदेश सरकारबाट आउने कार्यक्रममा स्थानीय तहमार्फत सञ्चालन गरिएका कार्यक्रमसँग जुध्न सक्ने सम्भाव्यतालाई ख्याल गरी त्यस्ता कार्य दोहोरिन नदिनेतर्फ सचेत हुन घलेले आग्रह गर्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर