नेभिगेसन मेनु

रूपान्तरण लिएर गाउँ-गाउँमा माओवादी केन्द्र
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-19 13:31

mawobadi-kendra_QjXDpZPN2G

सुर्खेत, असोज २ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तीनमहिने ‘जनतासँग विशेष रूपान्तरण अभियान’ अन्तर्गत गाउँ गाउँमा पुगेर पार्टी सदस्यता नवीकरण र वितरण गर्ने कार्य भइरहेको छ। ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ नारा बोकेर नेकपा (माओवादी केन्द्र) नेता तथा कार्यकर्ता भदौ १६ देखि गाउँ पसेका हुन्। अभियानले रूपान्तरणसहितको माओवादी बनाउने लक्ष्य लिएको छ। 

सबैभन्दा पहिला पार्टीको आन्तरिक शक्ति समस्या, समाधानमा नेताकेन्द्रित भएको देखिन्छ। प्रदेश सरकारका कानुनमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश उपाध्यक्ष कृष्णबहादुर जिसीका अनुसार माओवादीबाट निर्वाचित जनप्रतिनिधि र जनवर्गीय सङ्गठनका पदाधिकारी र कार्यकर्तालाई प्रशिक्षण र चलायमान गर्ने योजना माओवादी केन्द्रको छ। उहाँले जनतासँग टुटेको पार्टी सम्बन्धलाई जोड्ने, सुधार्ने गतिविधि कर्णालीमा भइरहेको बताउनुभयो। श्रमदान गर्ने पार्टीको नीति अनुसार माओवादी केन्द्रका नेता, कार्यकर्ता धान गोड्ने, विकास निर्माणका काममा सहभागिता जनाउने गरिरहेका छन्।

उहाँसमेत गाउँमा पुगेर विकास निर्माणका कार्यमा सहभागिता जनाइरहनुभएको छ। उहाँ सुर्खेतका विभिन्न क्षेत्रमा जनतासँगै श्रम अभियानमा जोडिनु भएको छ । उहाँले भन्नुभयो, “श्रममा नजोडिएर विकास सम्भव छैन। घरअघिको सानो खाल्डो पनि सरकार आएर वा अन्य कुनै जनप्रतिनिधि आएर पुरिदेओस् भन्ने मानसिकताले देशको विकास हुँदैन। सबैले आआफ्नो ठाउँबाट सार्वजनिक रूपमा श्रम गर्न आवश्यक छ।”

जुम्लामा युवा नेता अम्मरजङ्ग शाहीको नेतृत्वमा काठेपुल निर्माणको काम अघि बढेको छ। हिमा गाउँपालिका–४, चिउडीसाँगुमा काठेपुल निर्माण कार्य भइरहेको छ। ‘श्रम, उत्पादन, विकास र आत्मनिर्भर युवा अभियान’ मूल नारासाथ माओवादी नेता, कार्यकर्ताको सक्रियता बढेको छ। कालीकोटको महावै गाउँपालिकामा माओवादी नेता, कार्यकर्ता विद्यालयको चौर विस्तार तथा सफाइ गरिरहेका छन्। पार्टी कार्यकर्ता र जनप्रतिनिधि श्रममा जोडिएपछि स्थानीयले समेत साथ सहयोग दिएको बताइन्छ।

सल्यानमा ‘श्रम शुक्रबार’ कार्यक्रम नै राखिएको छ। इन्चार्ज नरेश भण्डारीले युवा वर्गलाई समेट्ने गरी नयाँ नयाँ कार्यक्रम सञ्चालन गरिरहनुभएको छ। राजनीतिक दलसँग अन्तव्रिर्mया, जनसङ्गठन तथा मोर्चा प्रशिक्षण, वडादेखि पालिकासम्मका विस्तारित बैठक सम्पन्न भइसकेका छन्। उहाँले भन्नुभयो, “पार्टी सदस्यता, नवीकरण, वितरण, विवरण 

सङ्कलनलगायतका काम गरिरहेका छौँ।”

कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) सबैभन्दा कमजोर दैलेखमा रहेको छ। सो जिल्लमा समेत अभियानले गति लिँदै गएको छ। गोपाल शर्माको कमान्डमा माओवादीले दैलेखमा अभियान  सशक्त बनाइएको छ। हिमाली जिल्ला हुम्लामा पनि अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको इन्चार्ज झकबहादुर मल्लले जानकारी दिनुभयो। रुकुमपश्चिममा जिल्ला हुँदै टोल कमिटीका बैठक सञ्चालन भइरहेका छन्। इन्चार्ज गगन खड्काले भन्नुभयो, “अभियानले जनता र कार्यकर्तामा एउटा तागत पैदा गरेको छ, उत्साह बढेको छ।”

ग्वालेमा काठेपुल निर्माण

हुम्ला समाचारदाताका अनुसार तीनमहिने रूपान्तरण अभियान सञ्चालन गरिरहेको नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताले ग्वाले खोलामा काठेपुल निर्माण गरेका छन्। साउन १३ गतेको बाढीले ग्वाले खोलाको काठेपुल बगाएको थियो। 

सर्केगाड गाउँपालिका–८ को राहदेवमा खटिएका अभियानका संयोजक गोपाल बुढाले स्थानीय र पशुबस्तुलाई आवतजावत गर्न कठिन भएको पाइएपछि ग्वाले खोलामा काठेपुल निर्माण गरिएको जानकारी दिनुभयो। स्थानीय जनसहभागितासमेतमा एकै दिनमा काठेपुल निर्माण गरिएको जनाइएको छ। पुल निर्माणबाट वडा नं. ७ र ८ का जनता प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर