नेभिगेसन मेनु

देउडा गायक सम्मानित
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-23 13:56

Untitled-1 (1)

हुम्ला, असोज ६ गते । छ जना चर्चित देउडा गायक छ सम्मानित हुनुभएको छ। जिल्लामा देउडा गायन क्षेत्रमा योगदान पु-याएको भन्दै सर्केगार्ड गाउँपालिका–७ को सूर्यतारा आधारभूत विद्यालयले एक कार्यक्रम आयोजना गरी उहाँहरूको सम्मान गरेको हो। 

विद्यालयका प्रधानाध्यापक गोरबहादुर ऐडीले देउडाको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण योगदान पु-याउनुभएका जिल्लाबाहिर र भित्रका छ जना देउडा गायकलाई सम्मान गरिएको बताउनुभयो। सांसद छिरिङडम्डुल लामाले भानुभक्त जैसी, अदानसिंह कार्की, औसे कामी, जगदीश रावल, जसबहादुर शाही र अछामकी पानसरा थापालाई नगदसहित सम्मान प्रदान गर्नुभयो। सम्मानित भएपछि देउडा गायक भानुभक्त जैसीले यस क्षेत्रको प्रवर्धनमा लाग्न थप हौसला प्रदान गरेको बताउनुभयो। कलाकारबिच चार घण्टासम्म देउडा गाउने कार्यक्रम भएको थियो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर