नेभिगेसन मेनु

मदन भण्डारी राजमार्ग : स्तरोन्नति र कालोपत्रे धमाधम
सम्पादक:南亚网络电视
लेखक:गाेरखा पत्र
समय:2023-10-06 13:22

Untitled-1

सुर्खेत, असोज १९ गते । मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको पूर्वी क्षेत्रमा सडक स्तरोन्नतिको कामले गति लिएको छ। 

धुलियाबिट–भेडाबारी सडकखण्डमा स्तरोन्नतिको काम धमाधम भइरहेको छ। राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार सडक निर्माणको काम भइरहेको हो। सडक कालोपत्रेको काम धमाधम अघि बढाइएको छ । ३५ किलोमिटरमध्ये पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ। तीन किलोमिटर सडक कालोपत्रे गर्नका लागि काम सुरु गरिएको छ। बाँकी बोटेचौरदेखि चिङ्गाडसम्मको करिब २५ किलोमिटर सडकखण्डको स्ट्रक्चरको काम ९० प्रतिशत सकिएको छ। उक्त खण्डमा ८० प्रतिशत ग्राभेलको काम सम्पन्न भएको आयोजनाले जनाएको छ। अब मेसिनको काम मात्र बाँकी छ। राजमार्गमा कालोपत्रे भइरहेको सडक दुई लेनको बन्ने छ। अहिले औसत चार मिटर चौडाइ रहेको सडकलाई स्तरोन्नति गरेर नौ मिटर बनाउन लागिएको हो। 

सो सडकखण्ड निर्माणमा करिब ५२ प्रतिशत भौतिक प्रगति भएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उक्त सडकखण्डमा अहिले निर्माण कार्य धमाधम भइरहेको छ। आयोजनाको वित्तीय प्रगति ४५ प्रतिशत रहेको छ। मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर जितेन्द्र शाहका अनुसार दसैँअघि नै तीन किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ। वर्षाले असर नगरे कालोपत्रेको काम सम्पन्न हुने उहाँले बताउनुभयो। धुलियाबिट–भेडाबारीसम्मको ३५ किलोमिटर सडक निर्माणमा करिब आधाभन्दा बढी काम सम्पन्न गरिएको उहाँको भनाइ छ।

सो सडकमा पर्ने रुख कटानको काम सकिएको आयोजनाले जनाएको छ। रुख कटानको काम सकिएलगत्तै निर्माणको कामले गति लिएको आयोजनाका इन्जिनियर शाहले जानकारी दिनुभयो। लेकबेँसी खण्डमा समेत काम भइरहेको छ। काम गर्ने जनशक्ति पर्याप्त भए तोकिएकै समयमा काम सम्पन्न गर्न सकिने शाहले बताउनुभयो। अहिले दुई सय जनशक्तिले काम गरिरहेको छ। 

राजमार्गको धुलियाबिट–भेडाबारी सडकखण्डमा १२ वटा पुल निर्माणको काम धमाधम भइरहेको छ। जसमध्ये दुई वटा पुल निर्माण सम्पन्न भएका छन्। सडक स्तरोन्नतिका लागि एक अर्ब ९४ करोड ८४ लाख २३ हजार रुपियाँ लागत अनुमान गरिएको छ। ठेक्का सम्झौता भने एक अर्ब तीन करोड २३ लाख ७८ हजारमा भएको छ। लागत अनुमानभन्दा ४१ प्रतिशत कममा निर्माण कम्पनीसँग सम्झौता भएको हो। निर्माणको जिम्मा कालिका के एस बेदान्सी जेभी कैलालीले लिएको छ। स्तरोन्नतिका लागि विसं २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो। विसं २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको जनाइएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर