नेभिगेसन मेनु

हिंसापीडित महिलाको रहस्यमय मृत्यु
सम्पादक:南亚网络电视
समय:2023-09-24 17:28

ण

कालीकोट, असोज ७ गते । घरेलु हिंसा भोग्दै आएकी एक महिलाको मृत्यु भएको छ । श्रीमानबाट पीडित भएर सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर १ लुसा माइती घर भएकी गीता जैसीको संरक्षण गरिएको ठाउँमै रहस्यमय मृत्यु भएको हो । 

श्रीमानबाट पीडित महिला जैसीलाई पछिल्लो समय प्रहरीकै निर्देशनमा सोसेक नेपाल नामको गैरसरकारी संस्थाको संरक्षणमा राखिएको थियो । आज बिहान ९ बजेको समयमा सोसेक नेपालकै मान्मस्थित कार्यालयभित्रको बाथरुमको ढोकामा जैसी मृत भेटिएको प्रहरीले जनाएको छ । 

हिजो प्रहरी कार्यालयमा उपस्थित जैसीलाई प्रहरीले नै मानसिक तनाव दिएको कारणले उनले मृत्यु रोजेको आफन्तको आरोप छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले शाैचालयको ढोकामा झुन्डिएको अवस्थामा जैसी भेटिएको बताउनुभयो । आफूले अनुसन्धान गर्नुपर्ने भएकाले हिजो प्रहरीमा कार्यालयमा सोधपुछ गरेको बताउनुभयो। 

दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नं. ५ कट्टीका स्थायी बासिन्दा हाल कालीकोट सदरमुकाम मान्म बस्दै आएका दानबहादुर शाहीले जैसीसँगकाे  सम्बन्धबाट  एक छोरा जन्मिएकाे छ । शाहीको गर्भ बसेपछि कान्छी श्रीमतीका रूपमा शाहीले स्वीकार गरे । २०७५ सालमा छोरा जन्मेसँगै शाहीले कान्छी श्रीमतीलाई हेला गर्दै आएका थिए ।  जैसीको जिल्ला अदालतमा सम्बन्धविच्छेद र अंशबन्डाको मुद्दा चलिरहेको छ । 

मुद्दाको तारेख दिन गएका बेला दुई सौताबीच हातहालाहल भएपछि शाहीकी जेठी श्रीमती रञ्जना शाहीले जैसीलाई लुटपाट तथा हातपात गरेको मुद्दा दर्ता गराएकी थिइन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर