नेभिगेसन मेनु

वीरेन्द्रनगरमा केरलाको पाम ट्री
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-21 12:43

Untitled-1

सुर्खेत, असोज ४ गते । वीरेन्द्रनगर नगरपालिकाले भारतको केरलाबाट प्रतिबिरुवा १० हजार रुपियाँ मूल्य तिरी पाम ट्रीका बिरुवा ल्याएर सडक किनारमा रोपेको छ। 

सडक विस्तारका क्रममा सडक किनारका रुख काट्नु परेपछि भारतबाट १२ वर्ष उमेरका बिरुवा ल्याएर रोप्नु परेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो। 

संविधान दिवसका अवसरमा पहिलो चरणमा मङ्गलगढीदेखि नेता चोकसम्मका सडकका दुवै किनारमा ७० वटा बिरुवा लगाइएको छ। वीरेन्द्रनगर सहर बसाउने समयमा राजा वीरेन्द्रको रोजाइमा विदेशबाटै ल्याइएका ज्याकारान्डाका बिरुवा सडक किनारमा रोपिएका थिए। 

प्रदेश सभा सदस्य यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनालले बिरुवा रोप्ने कार्यको शुभारम्भ गर्नुभयो।नगर प्रमुख ढकालले पाम ट्री हेर्दा ठुला भए पनि स्थानीय हावापानी अनुसार नै फैलने विश्वास व्यक्त गर्नुभयो। 

बजार क्षेत्रको सडकका साथै यहाँका प्रमुख पर्यटकी क्षेत्रहरू बुलबुले, देउतीबज्यै, काँक्रेविहार जाने सडक पनि यसै गरी हरियाली बनाउने लक्ष्य रहेको बताइन्छ। 

कर्णाली प्रदेश सभा सदस्य यामलाल कँडेलले संविधान दिवसको अवसर पारेर वीरेन्द्रनगर बजारको हरियाली बढाउन नगरपालिकाले गरेको कामको सराहना गर्नुभयो। उहाँले रोपिएका बोटको संरक्षण गर्ने काममा निजी क्षेत्र र जनप्रतिनिधिको ठुलो भूमिका हुने बताउनुभयो।

नगरपालिकाका योजना शाखाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बजार क्षेत्रको हरियाली प्रवर्धन कार्यक्रमका १० लाख रुपियाँ बजेट विनियोजन गरिएको र त्यसै अनुसार वृक्षरोपण गरिएको जानकारी दिनुभयो।संविधान दिवसकै अवसर पारेर वीरेन्द्रनगर–६, भानुपार्कमा राष्ट्रिय झन्डा फेरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर