नेभिगेसन मेनु

हुम्लामा फल्यो अकबरे खुर्सानी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-05 12:54

Untitled-1 (1)

हुम्ला, असोज १८ गते । हिमाली जिल्ला हुम्लामा पहाडी इलाकामा फल्ने अकबरे खुर्सानी फल्न सुरु भएको छ । पछिल्लो समय तापक्रममा आएको वृद्धिका कारण हिमालमा पनि अकबरे खुर्सानी फल्न थालेको हो । 

खार्पुनाथ गाउँपालिका–१ को चिसामूल गाउँका धनमल ऐडीले पहिलो पटक परीक्षणका लागि लगाएको अकबरे खुर्सानी बारीमा फलेको बताउनुभयो । उहाँले पहिलो पटक नै राम्रो फलेका कारण अब यसको व्यावसायिक खेतीतर्फ लाग्ने बताउनुभयो ।  

कृषि विकास कार्यालयका प्रमुख धर्मबहादुर शाहीले अति पिरो जातको अकबरे खुर्सानी हिमालमा पनि फल्न थालेको बताउँदै यसमा मौसममा आएको परिवर्तनले भएको बताउनुभयो । उहाँले सबै प्रकारको हावापानीमा फल्ने भएका कारण पनि अकबरे खुर्सानी फल्न थालेको बताउनुभयो । 

उहाँले किसानलाई यसका लागि माघ, फागुन महिनामा नर्सरी बनाएर बिउ छर्नुपर्ने र चैत, वैशाख महिनामा बिरुवा लगाउनुपर्ने सुझाव दिनुभयो । 

त्यसै गरी चार महिनामा फल दिने अकबरे खुर्सानी फलाउनका लागि दिनमा २२ देखि २५ डिग्री र रातमा १५ देखि २० डिग्री तापक्रम हुनुपर्ने उहाँले बताउनुभयो ।

साउनदेखि असोज महिनासम्म फल्ने यो खुर्सानीलाई किसानले व्यावसायिक खेती गर्न सके उपयुक्त हुने उहाँले बताउनुभयो । यो खुर्सानी प्रतिरोपनी पाँचदेखि सात सय केजी उत्पादन हुने कार्यालयले जनाएको छ । जिल्लामै अकबरे खुर्सानी फल्न थालेपछि अब बाहिरबाट ल्याउनुपर्ने अवस्थाको अन्त्य हुने देखिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर