नेभिगेसन मेनु

रिक्साबाट मासिक तीन लाखसम्म आम्दानी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-07 14:58

fgndgh

हुम्ला, भदौ २१ गते । नेपाल र चीनको सिमाना हिल्सामा अटो रिक्सा चालकको दैनिक कमाइ राम्रो रहेको पाइएको छ । चीनको ताक्लाकोटबाट नेपालमा आउने सामान ओसार्ने कार्य गर्दा अटो चालकको कमाइ राम्रो हुने गरेको हो । 

हिल्साका अटो चालक नाम्खा गाउँपालिका– ६ को लिमीको जाङ गाउँका पासाङ लामा अटो चलाएर दैनिक राम्रो कमाई हुने गरेको बताउनुभयो । ताक्लाकोटबाट ढुवानी भएर आएको सामान नेपालको मैत्री पुलबाट हिल्सा बजारसम्म एक ट्रिप सामान ढुवानी गरेको दुई हजार लिने गरेको बताउँदै उहाँले दैनिक पाँचदेखि छ ट्रिप सामान ढुवानी गर्ने गरेको बताउनुभयो । उहाँले दैनिक दशदेखि बाह्र हजार रुपियाँ कमाइ हुने गरेको बताउँदै मासिक तीन लाख रुपियाँसम्म कमाइ हुने गरेको बताउनुभयो । 

यसअघि ताक्लाकोटमा मजदुरी काम गर्दै आउनुभएका लामाले गत असारबाट अटो चलाउँदै आउनुभएको हो । हिल्साका होटेल व्यवसायी कर्मा तुडुप लामाले यसअघि मानिसले बोकेर ल्याउने सामान यस वर्षबाट अटो रिक्साबाट ढुवानी हुने गरेको बताउँदै कमाइ पनि राम्रो गर्ने गरेको बताउनुभयो । उहाँले अटो रिक्सा चालकले बिहानबाट बेलुकासम्म सामान ढुवानी गर्ने गरेको बताउँदै आम्दानीको राम्रो माध्यम भएको बताउनुभयो । 

हाल हिल्सामा यसरी सामान ढुवानी गर्ने दुई जना हुम्लावासी रहेको बताउनुभयो । यी रिक्साहरु रातभरि बत्तीमा चार्ज गरिने भएको कारण अन्य खर्च नहुने बताउँदै उहाँले दुवै जना पेशाबाट खुसी रहेको बताउनुभयो । चीनको ताक्लाकोटबाट दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा आयात हुने गरेको छ । 

ताक्लाकोटबाट दुई देशको सिमानासम्म चिनियाँ गाडीमा सामान ढुवानी हुने गरेको र त्यताबाट हिल्सा बजारसम्म अटोले सामान ढुवानी गर्दै आएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर