नेभिगेसन मेनु

भेरी किनारमा आधुनिक सहर बसाइने
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-12 13:15

Untitled-1 (2)

सुर्खेत, भदौ २६ गते । पूर्वी सुर्खेतका तीन वटा पालिका समेटेर आधुनिक सहर (स्मार्ट सिटी) बनाउने कार्ययोजना अघि बढाइएको छ। भेरीगङ्गा, गुर्भाकोट र लेकबेँसी नगरपालिकालाई जोड्ने गरी भेरी किनारमा नमुना आधुनिक सहर बनाउन गुरुयोजना निर्माण सुरु भएको छ। 

नयाँ सहर आयोजना समन्वय केन्द्रीय कार्यालयले नदी किनारका क्षेत्रलाई समेटेर गुरुयोजनाको काम सुरु गरेको हो। आयोजनाका अनुसार अबको दुई वर्षमा गुरुयोजना तयार पारिने छ। यातायातको सुगमता, जमिनको उपलब्धता, खानेपानीको स्रोत, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अव्यवस्थिति र जनसङ्ख्या आदिका आधारमा सहरको गुरुयोजना एवं विस्तृत परियोजना प्रतिवेदन तयार गर्न लागिएको जनाइएको छ। 

आयोजना प्रमुख रामकृष्ण आचार्यले चरणबद्ध रूपमा आधुनिक सहरको निर्माण गर्ने कार्य थालनी भइसकेको जानकारी दिनुभयो। गुर्भाकोट नगरपालिका–८ को मेहेलकुनामा आयोजनाको कार्यालय स्थापना गरिएको छ। उहाँका अनुसार भेरी किनारमा भूकम्प प्रतिरोधक आधुनिक सहर निर्माण प्रक्रिया अन्तर्गत गुरुयोजना निर्माणको काम सुरु भइसकेको छ। पहिलो चरणमा भेरीगङ्गा, गुर्भाकोट र लेकबेँसी नगरपालिकालाई समावेश गरेर गुरुयोजना तयार हुने छ।

आधुनिक सहर अन्तर्गत मेहलकुनामा सिटी हल, गुमीमा बहुउद्देश्यीय हल, छिन्चुमा आधुनिक बसपार्कलगायतका संरचना निर्माण गर्ने तयारी गरिएको छ। आयोजना प्रमुख आचार्यले बसपार्क निर्माण, पर्यटकीय क्षेत्रको प्रवर्धन, सहरी सडक निर्माणलगायतका कार्य भइरहेको जानकारी दिनुभयो। कुन क्षेत्रमा के के सम्भावना छन् र त्यसलाई कसरी लागु गर्ने भन्ने विषय गुरुयोजनाले तय गर्ने छ।

भेरी किनारमा आधुनिक सहर निर्माण योजनाको सुरुवात २०७३ सालमा भएको हो। सरकारले देशभर नै ४० आधुनिक सहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अनुसार भेरीगङ्गा उपत्यकालाई नयाँ सहरको रूपमा अघि सारेको थियो। 

प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रममा समेटिने नयाँ सहरको कामको प्रगतिका हिसाबले प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन तर यो वर्षदेखि छुट्टै कार्यालय स्थापना गरेर काम सुरु गरिएको छ। योजना पुरानै भए पनि काम भने यो वर्षबाट सुरु भएको भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ सहरबारे अवधारणा आएको ११ औँ वर्ष भयो। यो पटक केही काम सुरु भएको छ। 

गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन आयोजना अघि बढ्नेमा आशावादी बन्नुभएको छ। उहाँले केही वर्षदेखि अलपत्र परेको नयाँ सहर योजना सुरु हुन लागेको भन्दै थानीय सरकारले समेत सहयोग गरिरहेको जानकारी दिनुभयो। उहाँले सङ्घीय सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो विषय समावेश गरेकाले काम अघि बढ्ने विश्वास जागेको बताउनुभयो। 

छ वर्षदेखि बजेट अभावमा यो काम ओझेलमा पर्दै आएको थियो। गुरुयोजना निर्माणका लागि सरकारले विनियोजन गरेको बजेट न्यून छ। आयोजना प्रमुख आचार्यका अनुसार सहरी विकास मन्त्रालयले गुरुयोजना निर्माणका लागि भनेर डेढ करोड बजेट छुट्याएको छ। पाँच करोड प्रस्ताव गरिएकोमा न्यून बजेट स्वीकृत भएको छ। उक्त बजेट काम गर्नका लागि पर्याप्त नहुने जनाइएको छ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर