नेभिगेसन मेनु

कर्णालीमै पहिलो पटक एमआरआई सेवा सुरु
सम्पादक:南亚网络电视
समय:2023-09-15 18:56

0

सुर्खेत, भदौ २९ गते । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा नेपालकै उत्कृष्ट एमआरआई मेसिनबाट सेवा सुरु गरिएको छ । शुक्रवार प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले सेवाको सुरुवात गर्नुभएको हो ।  

करिब दुई महिना लगाएर मेसिन जडान र प्रोसेसिङ्ग प्रोग्रामहरू इन्स्टल गरेर एमआरआई मार्फत सेवाहरू सुचारु गरिएको हो । विगत १५ महिना देखिको लामो प्रयासपछि नेपालकै उत्कृष्ट एमआरआई मेसिनबाट कर्णालीका नागरिकलाई  सेवा दिन पाउँदा आफू एकदम खुसी भएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले बताउनुभयो । सुर्खेतमै एमआरआई मेसिनबाट सेवा सुरु भएपछि अब उपचारका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको उहाँले बताउनुभयो । 

उक्त मेसिन ६४ स्वतन्त्र च्यानल क्षमताको एमआरआई मेसिन उच्च गुणस्तर र प्राविधिक विवरण प्राविधिक विशिष्टताका हिसाबले उच्च गुणस्तर रहेको छ । अहिले सम्म नेपालकै सबै भन्दा बढी क्षमता भएको दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्स आवाजविहीन एमआरआई मेसिन जडानले कर्णालीका नागरिकलाई उपचारमा धेरै सहज हुने अपेक्षा छ । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उपलब्ध गराएको थियो । उक्त मेसिन नेपाली रुपैयाँ २९ करोड ७१ लाख परेको हो । मेसिन २०२३ मा निर्मित भएर परीक्षण गरिएको मेसिन हो । 

पछिल्लो समय  प्रदेश अस्पतालमा विभिन्न सेवाहरू विस्तार हुँदै आइरहेका छन् । केही समय अगाडी मुटु रोग सम्बन्धी समस्या भएका बिरामीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले मुटु रोग सम्बन्धी ओपिडी सेवाको सुरुवात गरिएको गरिएको थियो  ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर