नेभिगेसन मेनु

मानसिक स्वास्थ्यको समस्या बढ्दो
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-03 13:21

Jumla--Samajik-Minister-Karnali--Photo-Netra-shahi

जुम्ला, असोज १६ गते । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले मानसिक स्वास्थ्य प्रवर्धनका विषयमा ध्यान दिन जरुरी रहेको बताउनुभएको छ। मन्त्री पोखरेलले मानसिक स्वास्थ्यको समस्या समाजमा बढ्दै गएको चर्चा गर्दै यस्ता समस्यालाई न्यूनीकरण गर्न सरकारले प्राथमिकता दिने बताउनुभयो ।

उहाँले कर्णाली प्रदेश सरकार समाजिक विकास मन्त्रालय सुर्खेतद्वारा जुम्लामा आयोजित दुईदिने मानसिक स्वास्थ्य प्रवर्धनसम्बन्धी अन्तर्क्रियामा यस्तो विचार व्यक्त गर्नुभएको हो। जनस्वाथ्य सेवा कार्यालय जुम्लाको समन्वयमा आयोजित कार्यक्रममा मन्त्री पोख्रेलले अधिकांश अभिभावकका कारण बालबालिकामा पनि मानसिक समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अभिभावकले आफ्ना बालबालिकामा पहिले र अहिलेको व्यवहारमा कुनै अन्तर आयो कि ? भनेर ख्याल गर्न जरुरी भएको छ । पछिल्लो केही समययता मानसिक समस्याका बिरामी कर्णालीम बढ्दो छ ।”

जुम्लाको चन्दननाथ नगरपालिकाका स्वास्थ्यकर्मीबिच मानसिक समस्याको अवस्था बुझ्न मन्त्रालयले पहिलो पटक जुम्लामा यो कार्यक्रम गरेको हो। पछिल्लो समय जुम्लामा पनि मानासिक समस्याका बिरामीको सङ्ख्या बढ्दो क्रममा छ। 

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय सुर्खेतका सचिव भोजराज काफ्लेका अनुसार मानसिक समस्या कर्णालीमा बढ्दो छ। सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो। 

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार मानसिक स्वास्थ्यको समस्या विगतमा पनि थियो। मानसिक स्वास्थ्यलाई मान्छेले हेर्ने दृष्टिकोण पनि विस्तारै परिवर्तन हुँदै आएको छ। यसरी हेर्दा मानसिक स्वास्थ्यका समस्या बढ्दै पनि छन्। औषधी उपचारका लागि अस्पताल आउने क्रम बढिरहेको छ । 

बढ्दै मानसिक समस्या 

जुम्लामा मानसिक समस्या भएका बिरामी बढेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका मनोपरामर्शदाता नन्दराज आचार्यका अनुसार जुम्लामा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ७६ जना मानसिक रोगी थिए, जसमा महिला एक हजार २२० र पुरुष ८५६ रहेका छन्। 

आव २०७९/८० मा बढेर दुई हजार १८९ जना अस्पतालमा उपचार गर्न आइपुगेका थिए, जसमा महिला ८७१ र पुरुष १३१८ रहेका छन्। मनोपरामर्शदाता आचार्यका अनुसार जुम्लामा मनोचिकित्सक नहुँदा कतिपय बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। 

नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले जुम्लामा घरेलु हिंसा, लागुऔष जस्ता कारणले मानसिक समस्या बढेको बताउनुभयो। उहाँका अनुसार मानसिक समस्या भएका व्यक्तिका लागि घरपरिवारले साथ सहयोग दिनु पर्छ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर