नेभिगेसन मेनु

आखेटोपहार हस्तान्तरण
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-02 14:29

Untitled-1

ताप्लेजुङ, असोज १५ गते । डिभिजन वन कार्यालयले बरामद गरेको विभिन्न वन्यजन्तुको छाला, हड्डीलगायतका आखेटोपहार चितवन पठाइएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङले ११ वर्षयता विभिन्न समयमा बरामद गरेको करिब साढे २५ किलोग्राम आखेटोपहार चितवन पठाइएको हो । 

डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत बद्रीप्रसाद शाहका अनुसार सालक, भालु, रतुवा मृग, घोरललगायत वन्यजन्तुको हाड÷छाला आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाइएको हो । डिभिजन वन कार्यालयले बरामद गरी भण्डारण गरेर राखेको कुल २५.५५१ किलोग्राम आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज पठाइएको उहाँले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रमेश्वर पासवानले आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा पु-याएर बुझाउनुभयो । उहाँका अनुसार निकुञ्ज कार्यालयलाई बुझाइएको आखेटोपहारमा एक थान सालकको खपेटा ९८१ ग्राम, भालुको छाला एक थान २.३० किलोग्राम रहेको छ । 

यस्तै ४.४६ किलोग्राम तौल भएको चौँरीको छाला एक थान, रतुवा मृगको १७ वटा छाला १३.८८ किलोग्राम, घोरलको छाला तीन थान १.४४ किलोग्राम र रतुवा मृगको सिङ एक थान निकुञ्ज कार्यालयमा बुझाइएको छ । उक्त आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनसमक्ष बुझाएको पासवानले जानकारी दिनुभयो । आखेटोपहार २०७९ चैत पहिलो साता बरामद भएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा बिनाइजाजत वन्यजन्तुका आखेटोपहार घरमा राख्न, खरिद बिक्री र ओसारपसार गर्न तथा हस्तान्तरण गरी लिन दिन नपाइने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार विभिन्न समयमा डिभिजन वन कार्यालयले बरामद गरेको आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलाई बुझाएको जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर