नेभिगेसन मेनु

कर्णाली एमालेमा तीन जनाबिच प्रतिस्पर्धा
सम्पादक:南亚网络电视
समय:2023-09-30 19:41

ण

सुर्खेत, असोज १३ गते । नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका पाँच जनामध्ये दुई जनाले उम्मेदवारि फिर्ता लिएपछि अब तीन जनाबिच अध्यक्षमा प्रतिस्पर्धा हुनेभएको छ । 

अध्यक्षका उम्मेदवार दैलेखका राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिन तोकिएको समयको अन्तिममा शाही र सिंहले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन समितिले जनाएको छ । 

अध्यक्षको उम्मेदवारी फिर्ता लिँदै राजबहादुर शाहीले पार्टीको केन्द्रीय नेतृत्वले अमुक व्यक्तिलाई समर्थन लिएको सूचना पाएपछि आफूले उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । केन्द्रीय नेतृत्वको चाहना विपरीत निर्वाचित भएर पनि पार्टी निर्माणमा सकारात्मक योगदान नहुने भन्दै मैले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेँ’ शाहीले भन्नुभयो ।  

पहिलो पटक भएको प्रदेशको अधिवेशनबाट अध्यक्ष हुने उत्कट इच्छासहित आफूले मनोनयन दर्ता गरेको बताएका छन् । शाही यसअघि कर्णाली प्रदेश सभाको सभामुख हुनुहुन्थ्यो । अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको थियो । अन्तिममा आएर दुई जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिनुभयो । अब अध्यक्षका लागि गुलाबजंग शाह, मीनबहादुर शाही र प्रकाश रोकायाबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर