नेभिगेसन मेनु

जुम्लामा जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-03 13:01

dfj

जुम्ला, भदौ १७ गते । जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार नाग्म गमगडि राजमार्गको कनकासुन्दरी ४ स्थित ठगुनेरामा जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दका अनुसार भे १ ज १०९९ नम्बरको जिप दुर्घटना भएको छ । दुर्घटनामा अन्य यात्रु नभएको, चालक र सहचालकको घटना स्थलमा ज्यान गएको छ । उनीहरूको नाम र पहिचान हुन सकेको छैन । 

उहाँका अनुसार घटनाको बिस्तृत विवरणका लागि प्रहरी हवलदार रमेशबहादुर रावलको नेतृत्वमा १२ जना प्रहरी घटनास्थलमा पुगेका छन् । घटनाको बिस्तृत विवरण भने आउन बाँकी रहेको छ । प्रहरीका अनुसार अन्दाजी सडकबाट जिप ३ सय मिटर तल खसेको थियो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर