नेभिगेसन मेनु

प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण सम्झौता भएका छन् : कावा प्रधानमन्त्री खड्का
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-28 15:39

khadka

सुर्खेत, असोज ११ गते । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकास र समृद्धिका लागि प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण सम्झौताहरु भएको बताउनुभएको छ । बिहीबार पूर्वी सुर्खेतको बोटेचौरमा भेरी कोरिडोर सिंचाइँ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

उपप्रधानमन्त्री खड्काले नागरिक सुशासनलाई केन्द्रमा राखेर एउटा प्याकेजमै कार्यक्रम ल्याउने तयारी गरिरहेको बताउनुभयो ।  ‘विशेषगरी नागरिकहरुको दैनिक जीवनमा जोडिएका कुरामा सहजता निर्माण, नागरिकको पहुँच सरकार, विकासमा कसरी पुग्छ, सुशासनका सवालमा सरकार अग्रसर भइरहेको छ, उहाँले भन्नुभयो,  ‘नागरिक सुशासनलाई केन्द्रमा राखेर एउटा प्याकेजमै कार्यक्रम ल्याउँदै छ ।’ 

उपप्रधानमन्त्री खड्काले आर्थिक प्रतिकुलताको बीचमा कोरोनाको डरलाग्दो अवस्थाले अर्थतन्त्रमा पारेको असरलाई चिर्दै सबल अर्थतन्त्र निर्माणमा लागिरहेको बताउनुभयो ।

उहाँले अर्थतन्त्राई चलायमान बनाउन विभिन्न कार्यक्रमहरु सरकारले सञ्चालन गरिरहेको बताउँदै वर्तमान सरकारले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले कर्णाली प्रदेशको जलस्रोत, जडीवुटी, कृषिजन्य उत्पादनलाई प्रयोगमा ल्याउने सवालमा विगतमा भएको कमिकमजोरीलाई नदोहोर्याउने प्रतिबद्धतासहित यहाँका सम्भावनालाई केन्द्रसँग जोडेर लैजानेगरी अघि बढछौं, उहाँले भन्नुभयो, “चुनावको समयमा फरक दल भए पनि चुनावपछि विकास, समृद्धिका पक्षमा हामी सबै लाग्नुपर्छ । हामी सबै लागिरहेका छौं ।”

उहाँले मतदाताको विकासको चाहना पूरा गर्नतिर एकताबद्ध भएर लागिरहेको बताउनुभयो । यसका लागि सबै दलहरुले यहाँको स्रोत र साधनको प्रयोग गरेर, सबैभन्दा सम्मानित, सबैभन्दा बढी विकसित प्रदेश बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ । 

उहाँले  सुर्खेत हिल्सा सडक निर्माण पश्चात सोहीअनुसार कर्णाली र भेरी कोरिडोरका सडकहरु पनि निर्माण गरिने बताउनुभयो । सरकार सुशासनमैत्री शासन व्यवस्था बनाउन लागिपरेको बताउँदै केही दिनमा सुशासनसँग सम्वन्धित कार्ययोजना सार्वजनिक गरेर लागिपर्ने उल्लेख गर्नुभयो ।

उद्घाटन कार्यक्रममा कर्णाली  प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले कार्यालय स्थापना गर्न उपप्रधानमन्त्री खड्काको भूमिकाको प्रसंशा गर्नुभयो । प्रदेश सरकारका उर्जा एवम् जलस्रोतमन्त्री उर्मिला विश्वकर्माले भेरी कोरिडोर क्षेत्रको समृद्धि र विकासमा यो आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले जनताका माग बमोजिम यो कार्यालय अघि बढेको खण्डमा यस क्षेत्रको आमूल परिवर्तन हुने बताउनुभयो ।

यस्तै, प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले भेरी बबई डाइभर्सन आयोजना अन्तर्गत नै विगतमा यो कार्यालयको काम भइरहेकोमा अब अलग्गै कार्यालय खोलिनुले भेरी कोरिडोर क्षेत्रका जनतामा विकासको लहर चल्ने आशा पलाएको बताउनुभयो ।

उहाँले कर्णाली निर्माण र समृद्धिका लागि राष्ट्रिय नेताहरुको समेत ध्यान केन्द्रित गराइएको बताउनुभयो । एकताको भावनाबाट देश विकास र समृद्धि‌ सम्भव रहेको उहाँले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर