नेभिगेसन मेनु

दुर्गन्धित जाजरकोट खलङ्गा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-31 14:51

Untitled-1

जाजरकोट, भदौ १४ गते । भेरी नगरपालिकाले बजार क्षेत्रको फोहोर नियमित रूपमा नउठाउँदा र खलङ्गाको गैरीखाली बजारका व्यापारीले जथाभाबी फोहोर फाल्दा बजार नै दुर्गन्धित बनेको छ। स्थानीय व्यापारीले कुहिने र नकुहिने फोहोर जथाभाबी फाल्दै आएका छन्।

गैरीखाली, पाँचकटिया, ब्याउलीढुङ्गा हुँदै जुम्ला जोड्ने सडकखण्ड अन्र्तगत जिल्ला प्रहरी कार्यालयनजिकै सबै कुशे गाउँपालिकादेखि सदरमुकाम खलङ्गाको प्रवेशका रूपमा रहेको गैरीखालीनजिकै जथाभाबी फोहोर फालिँदै आएको छ।

बजार क्षेत्र सफा, स्वस्थ राख्न स्थानीय सरकारद्वारा बजेट व्यवस्थापन गरी फोहोर सङ्कलन गरे पनि व्यापारी र सर्वसाधारणले जथाभाबी फोहोर फाल्दा बजार क्षेत्र प्रदूषित हुन थालेको छ। जिल्ला प्रशासन कार्यालय आवतजावत गर्ने, जिल्ला प्रहरी कार्यालयनजिकै फोहर बढ्दै गए पनि सरोकारवाला निकाय मौन देखिने गरेको छ। भेरी नगरपालिकाले नीति निर्देशन अनुसार अधिकार प्रयोग नगरेका कारण स्थानीय व्यापारीले जथाभाबी फोहोर फाल्न थालेको भेरी नगरपालिका–४ का पूर्ववडाध्यक्ष खम्बजङ्ग शाहले बताउनुभयो। 

भेरी नगरपालिका–४ का प्रदीपजङ्ग शाहका अनुसार कानुनको दायरामा ल्याउने निकायले फोहोर नदेखेपछि सर्वसाधारण र व्यापारीलाई सचेत नगराएसम्म दुर्गन्ध बढ्दै जान्छ। त्यहाँ रहेको सार्वजनिक शौचालय स्थानीय सरकारले मर्मत नगर्दा जीर्ण बन्दै गएको छ। व्यापारीले फोहोर फाल्ने स्थाननजिकै होटल व्यवसाय, खुद्रा पसल, खलङ्गादेखि पाँचकटिया हुँदै कुशे गाउँपालिका जानका लागि टिकट काउन्टर पनि छ। यसरी जथाभाबी फोहोर फालिए पनि सरोकारवाला निकाय भने मौन छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर