नेभिगेसन मेनु

कोशी सरकारका लागि अन्तरपार्टी छलफल जारी छ : मन्त्री कार्की
सम्पादक:南亚网络电视
समय:2023-09-24 16:37

0

दमक, असोज ७ गते । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्कीले कोशी प्रदेशमा राजनीतिक स्थायित्वका लागि नेपाली काँग्रेस, माओवादी केन्द्रसहित दलबीच अन्तरपार्टी छलफल चलिरहेको बताउनुभएको छ । 

झापाको भद्रपुरमा एक सहकारी संस्थाको साधारणसभामा बोल्दै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । उहाँले मिलिजुली सरकार चलाउन नेकपा (एमाले) तयार रहेको जनाउँदै यसका लागि राजनीतिक दलबीच सहमति आवश्यक रहेको बताउनुभयो । जनताको अभिमतको रक्षा र स्थायी सरकार गठनका लागि हामी सधै तत्पर छौं, उहाँले भन्नुभयो ।

अस्थिरता र सुशासनको अभावका कारण जनतामा चरम निराशा पैदा भएको बताउँदै उहाँले यसलाई चिर्न राजनीतिक दलबीच सहमति आवश्यक रहेको बताउनुभयो । पहिचानको नाममा भइरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले ४ बर्षपछि कोशी प्रदेश दुई तिहाई मत ल्याएर नाम परिवर्तन गर्न सकिने बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर